काठमाडौं । लगातारको भारी वर्षाका कारण बाढी र पहिरो जाँदा देशभरका ११ वटा प्रमुख राजमार्गसहित विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। सडक विभागका अनुसार असोज ८ गतेदेखि परेको वर्षाका कारण धेरै सडकमा यातायात प्रभावित भएको हो।
पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला र फिस्लिङलगायत क्षेत्रमा सडक अवरुद्ध छ।

यस्तै, बीपी राजमार्ग, कान्ति राजमार्ग, सिद्धिचरण, मध्यपहाडी, कालीगण्डकी करिडोर, तमोर करिडोर, राप्ती र कर्णाली राजमार्गका विभिन्न खण्डमा पनि यातायात प्रभावित भएको विभागले जनाएको छ।
विभागले जोखिमयुक्त क्षेत्रमा रातिको समयमा तथा आवश्यकताअनुसार दिउँसोसमेत यातायात रोक लगाएको जनाएको छ। अवरुद्ध सडकमा पहिरो पन्छाउने तथा यातायात सञ्चालन गराउने काम भइरहेको छ।










Discussion about this post