काठमाडौँ । राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्या बढेपछि राहदानी विभागले आवेदन फाराममा उल्लेख गरिएको मिति र समयमा मात्रै विभागमा उपस्थित हुन सेवाग्राहीलाई आग्रह गरेको छ।
विभागले नयाँ राहदानी प्रणाली सुरु भएदेखि नियमित रूपमा सेवा प्रवाह गर्दै आएको जनाउँदै पछिल्लो समय सेवाग्राहीको चाप बढेकाले सेवा व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको हो।
इजरायलमा रोजगारीका लागि आवेदन दिने म्याद भोलिसम्म रहेकाले हतार नगरी तोकिएको प्रक्रियाअनुसार आवेदन दिन पनि विभागले आग्रह गरेको छ।
यसैगरी, साउन १४ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार अब जुनसुकै जिल्लाका नागरिकले जुनसुकै जिल्लाबाट राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको विभागले जनाएको छ।
अत्यावश्यक अवस्था बाहेक सेवाग्राहीले नजिकको जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन पेस गर्न विभागले अनुरोध गरेको छ।
सेवाग्राहीको चाप व्यवस्थापन गर्दै सहज र व्यवस्थित रूपमा सेवा प्रवाह गर्न तोकिएको प्रक्रिया तथा समयको पालना गर्न विभागले सबै सेवाग्राहीलाई पुनः आग्रह गरेको छ।










Discussion about this post