Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बालेन : भोटेकोशी बाढीले हिमालयमा जलवायु जोखिम बढ्दै गएको संकेत गर्‍यो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १७, २०८३
बालेन : भोटेकोशी बाढीले हिमालयमा जलवायु जोखिम बढ्दै गएको संकेत गर्‍यो
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले विपद्को क्षति व्यवस्थापनसँगै यस्ता घटना किन र कसरी भइरहेका छन् भन्ने विषयमा गम्भीर अध्ययन र बहस आवश्यक रहेको बताए।

उनले भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरोबाट सिर्जित ठूलो विपत्तिका रूपमा देखिएको उल्लेख गरे। उनका अनुसार यस घटनाले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा आगामी दिनमा थप जोखिम निम्तिन सक्ने संकेत गरेको छ।

प्रधानमन्त्री शाहले भने, ‘अचानक व्यहोरेको यो ठूलो विपद्को क्षति व्यवस्थापनमा अहोरात्र जुट्दै गर्दा हाम्रो मनमा अर्को एउटा गहिरो प्रश्न पनि जन्मिएको छ। त्यो हो– हामीमाझ कसरी यो विपद् आइलाग्यो?’

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्को विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा उठाउनुपर्नेमा पनि उनले जोड दिए।

‘हामी त सचेत हुनैपर्छ, सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ,’ प्रधानमन्त्री शाहले भने।

जलवायु परिवर्तन विश्वव्यापी समस्या भएकाले त्यसबाट हुने असर न्यूनीकरण तथा विपद् व्यवस्थापनमा अन्तर्राष्ट्रिय समुदायको साझा जिम्मेवारी रहेको प्रधानमन्त्री शाहको भनाइ छ।

उनले हिमालय क्षेत्रको संवेदनशीलता र नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको जोखिमलाई विश्व समुदायले गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औँल्याए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सरकार स्रोत–साधन परिचालनमै सीमित नहोस् : पराजुली
फ्ल्यास हेडिङ

सरकार स्रोत–साधन परिचालनमै सीमित नहोस् : पराजुली

भदौ १७, २०८३
भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहतमा सरकारको सक्रियता
विपद्

भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहतमा सरकारको सक्रियता

भदौ १७, २०८३
भोटेकोशी बाढीपीडितका लागि कतारको राहत सहयोग
फ्ल्यास हेडिङ

भोटेकोशी बाढीपीडितका लागि कतारको राहत सहयोग

भदौ १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बालेन : भोटेकोशी बाढीले हिमालयमा जलवायु जोखिम बढ्दै गएको संकेत गर्‍यो

बालेन : भोटेकोशी बाढीले हिमालयमा जलवायु जोखिम बढ्दै गएको संकेत गर्‍यो

भदौ १७, २०८३
सरकार स्रोत–साधन परिचालनमै सीमित नहोस् : पराजुली

सरकार स्रोत–साधन परिचालनमै सीमित नहोस् : पराजुली

भदौ १७, २०८३
भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहतमा सरकारको सक्रियता

भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहतमा सरकारको सक्रियता

भदौ १७, २०८३
भोटेकोशी बाढीपीडितका लागि कतारको राहत सहयोग

भोटेकोशी बाढीपीडितका लागि कतारको राहत सहयोग

भदौ १७, २०८३
घरघरमा बिरुडा, गाउँगाउँमा देउडाको रौनक

घरघरमा बिरुडा, गाउँगाउँमा देउडाको रौनक

भदौ १७, २०८३
त्रिशूलीको कटानले पृथ्वी राजमार्ग जोखिममा, जवाङखोला खण्ड भासिन थाल्यो

त्रिशूलीको कटानले पृथ्वी राजमार्ग जोखिममा, जवाङखोला खण्ड भासिन थाल्यो

भदौ १७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व