काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्याउने उद्देश्यले नुवाकोटमा खाद्यान्नसहित अत्यावश्यक राहत सामग्री वितरण गरिएको छ।
हिन्दू स्वयंसेवक संघ नेपाल, सेवा इन्टरनेसनल नेपाल, जनजाति कल्याण आश्रम नेपाल, विश्व हिन्दू परिषद् नेपाल, एकल नेपाल र प्राज्ञिक विद्यार्थी परिषद् नेपाललगायतका संस्थाको सहकार्यमा शनिबार नुवाकोट युवा क्लबद्वारा सञ्चालित होल्डिङ सेन्टरमा राहत सामग्री वितरण गरिएको हो।
बाढी तथा अन्य विपद्का कारण कठिन परिस्थितिमा रहेका प्रभावित परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको आयोजकले जनाएको छ।
राहत सामग्रीमा दैनिक जीवनयापनका लागि आवश्यक चामल, दाल, नुन र तेललगायत खाद्यान्नलाई प्राथमिकता दिइएको छ। विपद्का कारण प्रभावित परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले अत्यावश्यक सामग्री वितरण गरिएको स्वयंसेवकहरूले बताएका छन्।
राहत वितरणसँगै सहभागी संस्थाका स्वयंसेवकहरू प्रभावित नागरिकको आवश्यकता पहिचान गर्ने, थप राहत सामग्री जुटाउने तथा निरन्तर सेवा कार्यमा खटिएका छन्।
बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन विभिन्न संघसंस्था तथा स्वयंसेवकहरूले सहयोग र समन्वयलाई तीव्र बनाउँदै लगेका छन्। प्रभावित नागरिकको आवश्यकता अनुसार आगामी दिनमा पनि राहत तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।











Discussion about this post