Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ९, २०८३
ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि ओठमा मीठो मुस्कान । सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङको पछिल्लो परिचय । देशभित्र धेरै ठाउँमा ‘ड्रागन फ्रुट’को राम्रो खेती भएको सुने पनि आफ्नो जग्गामा होला कि नहोला भन्ने द्विविधा छँदै थियो । ‘तँ आट म पुर्‍याउँछु’ भन्ने मनमा राखेर शुरु गरेको ड्रागन फ्रुटखेतीले आज कृपाश्वरलाई नाम मात्रै होइन राम्रै दामसमेत दिएको छ।

लामो समय भारतीय सेनामा सेवा गरेपछि अवकाश लिनुभएका सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङले व्यावसायिक ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले दुई बिघा क्षेत्रफलमा उक्त खेती गरेर वार्षिक ५५ लाखदेखि ६० लाख रुपैयाँसम्म आम्दानी गर्दै आउनुभएको छ ।

करिब २८ वर्ष भारतीय सेनामा सेवा गर्नुभएका घलेले अवकाशपछि कृषि व्यवसायमा लाग्नुभएको हो । उहाँले विसं २०७४ मा ‘सर्जुमा ड्रागन फ्रुट कृषि फार्म’ स्थापना गरी व्यावसायिक रूपमा खेती शुरु गर्नुभएको थियो । करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एउटा बिरुवाबाट उहाँले ड्रागन फ्रुटखेती शुरु गर्नुभएको थियो ।

सुरुमा यसको बजार र स्वास्थ्यसम्बन्धी उपयोगिताबारे धेरै जानकारी नभए पनि विस्तारै माग र मूल्य बढ्दै गएपछि उहाँले खेती विस्तार गर्नुभएको हो । हाल उहाँको फार्ममा करिब ५०० ड्रागन फ्रुटका बोट छन् । अन्य फलफूलले वर्षमा एकपटक मात्र उत्पादन दिने भए पनि ड्रागन फ्रुटले मौसममा नौदेखि १० पटकसम्म उत्पादन दिने भएकाले आम्दानी नियमित हुने गरेको घलेले बताउनुभयो ।

फार्म सञ्चालन, मल, औजार र मजदुरका लागि वार्षिक करिब आठदेखि नौ लाख रुपैयाँखर्च हुने गरेको उहाँले बताउनुभयो । फल उत्पादनसँगै बिरुवा बिक्रीबाट पनि आम्दानी हुने गरेको छ । वार्षिक चार लाख रुपैयाँभन्दा बढीको बिरुवा बिक्री हुने गरेको घलेले जानकारी दिनुभयो ।

पहिले प्रतिबोट  चारदेखि पाँच रुपैयाँमा बिक्री हुने बिरुवा मागअनुसार  ५० देखि ७० रुपैयाँसम्ममा बिक्री हुने गरेको उहाँले सुनाउनुभयो । फार्मबाट ड्रागन फ्रुट खुद्रा प्रतिकिलो  ३५० रुपैयाँ र थोकमा ३०० रुपैयाँमा बिक्री हुने गरेको छ । बेमौसममा भने प्रतिकिलो  ४५० रुपैयाँदेखि ५०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

फार्ममा मासिक १६ हजार रुपैयाँ तलब पाउने दुई जना स्थायी कर्मचारी छन् । दैनिक  ८०० रुपैयाँ ज्यालामा आठ/नौ जना मजदुरले काम गर्छन् । फल टिप्ने र मल हाल्ने समयमा मजदुरको सङ्ख्या थपिने गरेको घलेले बताउनुभयो ।

गत वर्ष फार्ममा २७ मेट्रिकटन ड्रागन फ्रुट उत्पादन भएको थियो । यस वर्ष ३० मेट्रिकटनभन्दा बढी उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित फल काठमाण्डाै, पोखरा, हेटौँडा र बुटवल पठाउने गरिएको छ । यस्तै, धरान, इटहरी, इनरुवा र विराटनगरलगायत स्थानीय बजारमा पनि बिक्री हुने गरेको छ । धेरै व्यापारी फार्म मै आएर फल लैजाने गरेका छन् ।

घलेका अनुसार ड्रागन फ्रुट खेतीका लागि पानी नजम्ने, खुला र अत्यधिक चिसो नहुने ठाउँ उपयुक्त हुन्छ । कहिलेकाहीँ ढुसी तथा फङ्गस रोगका कारण उत्पादनमा असर पर्ने भए पनि नियमित निगरानी र व्यवस्थापन गर्नसके राम्रो उत्पादन लिन सकिने उहाँको अनुभव छ ।

गत वर्ष फङ्गस रोगको समस्या देखिए पनि यस वर्ष त्यसको असर कम रहेकाले उत्पादन बढ्ने उहाँले बताउनुभयो । ड्रागन फ्रुटमा वैशाखदेखि फूल लाग्न शुरु हुन्छ । जेठको अन्तिम हप्तादेखि फल टिप्न शुरु गरिने र कात्तिकसम्म लगातार फल लाग्ने गरेको घलेले बताउनुभयो ।

बत्ती जडान गरी बेमौसममामा तीनदेखि चार पटकसम्म फल उत्पादन गर्न सकिने र त्यस समयमा मूल्य पनि बढ्ने उहाँको भनाइ छ । घलेले कृषि व्यवसायबाट राम्रो आम्दानीसँगै स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गर्न सकिने बताउनुभयो । “अल्छी नगरी मेहनत गर्दा नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

ड्रागन फ्रुट खेतीमा योगदान  पुर्‍याएबापत घलेले उत्कृष्ट किसानका रूपमा विभिन्न सङ्घसंस्थाबाट एक दर्जनभन्दा बढी सम्मान प्राप्त गरिसक्नुभएको छ । पछिल्लो समय युवापुस्तामा ड्रागन फ्रुट खेतीप्रति आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । रामधुनी नगरपालिका–७ मा मात्रै हाल १० भन्दाबढी घरधुरीले ड्रागन फ्रुटखेती गर्दै आएका छन् । विदेशबाट फर्किएका युवाले यसबाट राम्रो आम्दानी गरिरहेको घलेले बताउनुभयो ।

“दैनिक विदेश पलायन भइरहेका युवाले आफ्नै देशमा व्यवसाय गरेर राम्रो आम्दानी गर्न सक्छन् । अर्काको देशमा दुःख गर्नुपर्ने अवस्था आउँदैन”, उहाँले भन्नुभयो, “छोटो समयमा राम्रो आम्दानी गर्न चाहनेका लागि ड्रागन फ्रुटखेती राम्रो विकल्प बन्न सक्छ ।” उहाँका अनुसार शुरुआतमा केही मेहनत गरेपछि ठूलो लगानी र धेरै मेहनत गरिरहनुपर्दैन । बिरुवा रोपेको एक वर्षदेखि फल दिन शुरु गर्ने भएकाले ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै
फ्ल्यास हेडिङ

रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै

भदौ ९, २०८३
वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु
अर्थतन्त्र

वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु

भदौ ९, २०८३
अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित
खेलकुद

अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

भदौ ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग

भदौ ९, २०८३
रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै

रुकुमपूर्व प्रशासनका सेवा प्रविधिमैत्री बन्दै

भदौ ९, २०८३
वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु

वीरगन्ज चिनी कारखाना सञ्चालनबारे स्थलगत अध्ययन सुरु

भदौ ९, २०८३
अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

अभ्यास खेलमा मलेसियामाथि नेपालको शानदार ९ विकेटको जित

भदौ ९, २०८३
ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

ड्रागन फ्रुट खेतीमा पूर्वसैनिकको सफलता, वार्षिक ६० लाखसम्म कमाइ

भदौ ९, २०८३
बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

भदौ ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व