Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पर्वतारोहणमा दक्ष जनशक्ति पलायन रोक्न सबै एकजुट हुनुपर्छ : सांसद शेर्पा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ७, २०८३
पर्वतारोहणमा दक्ष जनशक्ति पलायन रोक्न सबै एकजुट हुनुपर्छ : सांसद शेर्पा
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पर्वतारोही मिङ्मा ग्याबु शेर्पाले दक्ष पर्वतारोही तथा हिमाली पथप्रदर्शक (माउन्टेन गाइड) लाई विदेश पलायन हुनबाट रोक्न सरोकारवाला निकायहरू एकजुट हुन आवश्यक रहेको बताएका छन् ।

 

सगरमाथा आरोही संघको २५औँ वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै शेर्पाले हिमाली पथप्रदर्शकलाई उचित पारिश्रमिक र पर्वतारोहीलाई उचित सम्मानको वातावरण बनाउन नसके पर्वतीय पर्यटन क्षेत्रमा थप चुनौती सामना गर्नुपर्ने बताए ।

२०३५ सालमा बनेको पर्यटन ऐनकै आधारमा मुलुकको पर्यटन क्षेत्र सञ्चालन हुँदै आएको उल्लेख गर्दै उनले अहिले नयाँ पर्यटन ऐन बन्ने प्रक्रियामा पुग्नु सकारात्मक भएको बताए ।

सोमबार संसदीय समितिको बैठकमा पर्यटन विधेयकमाथि सरोकारवाला निकायहरूसँग छलफल हुन लागेको जानकारी दिँदै शेर्पाले पर्वतारोहीका समस्या र अधिकारलाई ऐनमा कसरी समेट्ने भन्ने विषयमा आफ्ना सुझाव राख्न आग्रह गरे ।व्यक्तिगत स्वार्थ र राजनीतिभन्दा माथि उठेर पर्वतारोहण क्षेत्रको अधिकार तथा नेपालको पर्यटन क्षेत्रको भविष्यका विषयमा सबैले काम गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

२०३५ सालमा बनेको पर्यटन ऐनकै आधारमा मुलुकको पर्यटन क्षेत्र चलिरहेको छ । अहिले त्यो ऐन परिवर्तन गर्ने ठाउँमा पुगेको छु । पर्यटन विधेयकमा भोलि मात्रै सरोकारवाला निकायहरूसँग छलफल हुँदैछ,’ शेर्पाले भने, ‘आरोहीहरूको समस्या ऐनमा कसरी समेट्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर आफ्नो सुझाव दिन आग्रह गर्दछु ।’

पर्वतारोहीहरूले आफ्नो अधिकारका विषयमा स्पष्ट रूपमा आवाज उठाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘तपाईंहरूले आफ्नो अधिकारका लागि आफैं स्पष्टसँग माग राख्नुभएन भने तपाईंहरू त्यो संस्थामा बस्नुको कुनै पनि औचित्य हुनेछैन ।’

पर्वतारोहण क्षेत्रको अधिकार र नेपालको पर्यटन क्षेत्रको भविष्यका विषयमा व्यक्तिगत स्वार्थ तथा राजनीतिभन्दा अलग रहेर आफ्ना कुरा राख्नुपर्ने उनले बताए । त्यसरी सुझाव राख्न सके सोहीअनुसार ऐन निर्माण गर्न सहज हुने उनको भनाइ थियो ।

प्राकृतिक रूपमा नेपालसँग पर्याप्त हिमाल भए पनि दक्ष पर्वतारोहीलाई देशमै रोक्न नसकिएको भन्दै शेर्पाले पर्वतारोहण क्षेत्रमा नीतिगत सुधार आवश्यक रहेको बताए ।

‘प्राकृतिक रूपमा हामीसँग पर्याप्त हिमाल हुँदाहुँदै पनि हामीले पर्वतारोहीलाई रोक्न सकिरहेको अवस्था छैन । त्यसकारण पर्वतारोहण क्षेत्रमा नीतिगत तहबाट सुधार गर्नुपर्छ,’ उनले भने, ‘पर्वतारोहण र पर्यटनको क्षेत्रमा तथा पर्वतारोहीलाई पलायन हुनबाट रोक्नका लागि हामी सबै एकजुट भएर अगाडि बढ्न सकेनौँ भने अझ विडम्बनापूर्ण दिनहरू आउन सक्छन् ।’

पर्वतारोहण नेपालको पर्यटनको अभिन्न अंग रहेको भन्दै शेर्पाले यस क्षेत्रमा रहेका समस्या समाधानका लागि आफू निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए
फ्ल्यास हेडिङ

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

भदौ ८, २०८३
राहुघाट जलविद्युत् आयोजनाले पूरा गर्‍यो निर्माणको चरण
पूर्वाधार विकास

राहुघाट जलविद्युत् आयोजनाले पूरा गर्‍यो निर्माणको चरण

भदौ ८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

लुम्बिनी सरकारमा नेकपाका तीन मन्त्री थपिए

भदौ ८, २०८३
राहुघाट जलविद्युत् आयोजनाले पूरा गर्‍यो निर्माणको चरण

राहुघाट जलविद्युत् आयोजनाले पूरा गर्‍यो निर्माणको चरण

भदौ ८, २०८३
जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
विद्यालय शिक्षा विधेयकका लागि सरोकारवालाको सुझाव निःशुल्क शिक्षा र शिक्षक सेवासुविधामा जोड

विद्यालय शिक्षा विधेयकका लागि सरोकारवालाको सुझाव निःशुल्क शिक्षा र शिक्षक सेवासुविधामा जोड

भदौ ८, २०८३
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्छौँ : मन्त्री गिता चौधरी

भदौ ८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व