काठमाण्डौ – आर्थिक वर्ष २०८२र८३ मा नेपाल विद्युत् प्राधिकरणको नाफा ५८ प्रतिशतभन्दा धेरैले घटेको छ । प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले करअघिको नाफा ५ अर्ब ४ करोड रुपैयाँमा झरेको जानकारी दिनुभयो ।
यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५८।६० प्रतिशतले कम हो । आर्थिक वर्ष २०८१र८२ मा प्राधिकरणको करअघिको नाफा १२ अर्ब १७ करोड रुपैयाँ थियो ।
पछिल्ला वर्षहरूमा प्राधिकरणको नाफा निरन्तर घट्दै गएको देखिएको छ । २०८०र८१ मा प्राधिकरणले १३ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको थियो ।
प्राधिकरणको अतिरिक्त दायित्व बढेको र विदेशी विनिमयदरमा आएको उतारचढावलगायत कारण नाफा घटेको प्राधिकरणको भनाइ छ । त्यस्तै घरायसी प्रयोजनका लागि गार्हस्थ सेवाग्राहीलाई २० युनिटसम्म निःशुल्क बिजुली दिँदा पनि नाफा घटेको प्राधिकरणले जनाएको छ ।
यसैबीच कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गार्हस्थ उपभोक्तालाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
चालू आर्थिक वर्षको बजेटमार्फत सरकारले बि










Discussion about this post