देशभर हालसम्म झण्डै ५५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ। पर्याप्त वर्षा नहुँदा गत वर्षको तुलनामा रोपाइँ केही सुस्त भएको हो।
सुदूरपश्चिममा सबैभन्दा धेरै ८७ प्रतिशत र मधेशमा सबैभन्दा कम ३३ प्रतिशत रोपाइँ भएको छ। वर्षा बढेसँगै रोपाइँले गति लिने अपेक्षा गरिएको छ भने किसानले समयमै रासायनिक मल नपाएको गुनासो गरेका छन्।










Discussion about this post