आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने तथा केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। तराईका केही क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाका अनुसार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशसँगै कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
रातिको समयमा पनि कोशी प्रदेशका पहाडी तथा तराईका थोरै स्थान र मधेश तथा गण्डकी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।








Discussion about this post