Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुर सहकारी सम्मेलनमा स्थानीय उत्पादनको प्रदर्शनी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २१, २०८३
कञ्चनपुर सहकारी सम्मेलनमा स्थानीय उत्पादनको प्रदर्शनी
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुर सहकारी सम्मेलन-२०८३ सुरु भएको छ। सम्मेलनको पहिलो दिन सहकारीको वर्तमान अवस्था, विद्यमान समस्या र समाधानका उपायहरू, युवा, महिला र उद्यमशीलतामा सहकारीको भूमिका तथा स्थानीय अर्थतन्त्रको विकासमा सहकारीको योगदान लगायतका महत्त्वपूर्ण विषयहरूमा केन्द्रित रहेर सघन प्यानल छलफल गरिएको छ।

सम्मेलनमा कञ्चनपुरका स्थानीय उत्पादनहरूको समेत विशेष प्रदर्शनी गरिएको छ। स्थानीय स्तरमै उत्पादित जुत्ता, चप्पल, दुना टपरी, मह, इन्टरलक ब्लक तथा गड्यौला मल लगायतका विभिन्न रैथाने सामग्रीहरू प्रदर्शनीमा राखिएका हुन्।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने र उत्पादकहरूलाई बजारसँग जोड्ने उद्देश्यका साथ यो प्रदर्शनीको आयोजना गरिएको हो। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसिए नेपालद्वारा सञ्चालित ‘सुदृढ’ परियोजना अन्तर्गत स्थानीय उत्पादनमा लागेका उद्यमीहरूलाई आर्थिक, प्राविधिक तथा क्षमता विकास सम्बन्धी सहयोग प्रदान गरिएको थियो।

परियोजनाबाट विभिन्न समयमा सहयोग प्राप्त गरी आत्मनिर्भरतातर्फ उन्मुख भएका स्थानीय उद्यमीहरूलाई थप प्रोत्साहन गर्न र उनीहरूको बजार पहुँच विस्तार गर्न यो प्रदर्शनी कार्यले महत्त्वपूर्ण भूमिका खेलेको छ।

सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरी स्वरोजगार बनेका उद्यमीहरूको उत्पादनलाई बृहत् मञ्च दिन यो सहकार्य गरिएको बताउनुभयो। उहाँले परियोजनाको मुख्य लक्ष्य नै समुदायलाई आर्थिक रूपमा बलियो र विपद् उत्थानशील बनाउनु रहेकाले आगामी दिनमा पनि यस्ता घरेलु तथा लघु उद्यमहरूलाई दिगो बनाउन आर्थिक र प्राविधिक सहयोग निरन्तर जारी रहने बताउनुभयो।

सम्मेलनमा सहभागी सहकारीकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा आम उपभोक्ताहरूले स्थानीय स्तरमा भएका यस्ता नवप्रवर्तनकारी उत्पादनहरूको अभिरुचिका साथ अवलोकन गर्नुका साथै उद्यमशीलताको खुलेर प्रशंसा गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ
कृषि

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ

अशोज ३०, २०८३
कृषि र वातावरण संरक्षणमा ग्रामीण महिलाको भूमिका महत्वपूर्ण
फ्ल्यास हेडिङ

कृषि र वातावरण संरक्षणमा ग्रामीण महिलाको भूमिका महत्वपूर्ण

अशोज २९, २०८३
बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता
कृषि

बाजुरामा दसैँको रौनकसँगै धान भित्र्याउने चटारो, किसानलाई खेतमै बिताउनुपर्ने बाध्यता

अशोज २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

रसुवा बाढीपीडितका लागि जलवायु कोषको आकस्मिक बैठक कात्तिक ५ मा

रसुवा बाढीपीडितका लागि जलवायु कोषको आकस्मिक बैठक कात्तिक ५ मा

कार्तिक १, २०८३
दसैँमा खानपानमा ध्यान दिनुहोस्, मुटु जोगाउनुहोस् : डा. लम्साल

दसैँमा खानपानमा ध्यान दिनुहोस्, मुटु जोगाउनुहोस् : डा. लम्साल

कार्तिक १, २०८३
कांग्रेस सभापति गगन थापाले आज पदभार सम्हाल्दै

कांग्रेस सभापति गगन थापाले आज पदभार सम्हाल्दै

कार्तिक १, २०८३
शुक्र अस्त भएका कारण दशैँका कर्म रोकिँदैन पञ्चाङ्ग निर्णायक विकास समिति

शुक्र अस्त भएका कारण दशैँका कर्म रोकिँदैन पञ्चाङ्ग निर्णायक विकास समिति

कार्तिक १, २०८३
बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

बाढीपछि व्यवसायमा फर्किए व्यापारी, आवश्यक सामग्री जुटाउन महासंघले सघाउने

कार्तिक १, २०८३
गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

गड्डाचौकी नाकामा तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीको चेकजाँच

कार्तिक १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व