सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पाकिस्तानले नियन्त्रणमा लिएका भारतीय विमान चालकलाई रिहा गरिँदै, वाघा बोर्डरमा बुझाइने

भारतीय वायु सेनाका लेफि्टनेन्ट कमाण्डर अभिनन्दनलाई भारत र पाकिस्तान सिमान रहेको वाघा-अटरी बोर्डरमा ल्याइने र त्यहाँ जेनेभा अभिसन्धी अनुसार अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिलाई जिम्मा लगाइने भएको छ। उनलाई सीमामा रहेको एकीकृत जाँच चौकी पुर्‌याउने र त्यसपछि करीब दुई बजे घर पुर्‌याइने कार्यक्रम रहेको छ। चालक अभिनन्दनलाई अटारी सीमामा पन्जावका मुख्यमन्त्री अमरिन्दर सिंहले स्वागत गर्नेछन्।

Citizen

गत बुधबार उनले चलाएको मिग २१ बिसन लडाकु जेटलाई पाकिस्तानी सेनाले खसालेपछि प्यारासुटबाट ओर्लिएका अभिनन्दनलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो।

पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको सूचना सार्वजनिक हुनासाथ भारतले पाकिस्तानलाई सुरक्षित रुपमा तत्काल रिहा गर्न आग्रह गरेको थियो। र, त्यसो नगरे आफू जस्तो सुकै कदम चाल्न पनि पछि हट्ने चेतावनी समेत भारतले दिएको थियो।

Mahakali Polytechnic

भारतको त्यस्तो चेतावनी पछि अन्तर्राष्ट्रिय समुदायले अभिनन्दनलाई जेनेभा अभिसन्धीअनुसारको व्यवहार गरिनुपर्ने बताउँदै भारत र पाकिस्तानलाई संयमित हुन आग्रह गरेको थियो। भारत र अन्तर्राष्ट्रिय समुदायको त्यस्तो आग्रह पछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानाले संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दै भारतीय पाइलटलाई शुक्रबार रिहा गर्ने घोषणा गरेका थिए।

World Link Ads

गत १४ फेब्रुअरीमा जम्मुकस्मिरको पुलवामा जिल्लाको श्रीनगर नेशनल हाइवेमा खण्डमा केन्दि्रय अतिरिक्त प्रहरी बल -सिआरपिएफ) बोकेको ट्रकमाथि भएको आत्मघाती बम हमलामा ४० सिआरपिएफ जवानको मृत्यु भएको थियो। त्यसको जवाफमा भारतीय सेनाले २६ फेब्रुअरी बिहान पाकिस्तान नियन्त्रित कश्मिरमा रहेका लश्कर-ए-तोयबा र जैश-ए-मोहम्मदका तालिमस्थलहरुमा हवाई हमला गरेको थियो।

Sana Kishan

उक्त हमला पछि आणविक हतियारले सुसज्जित दुवै मुलुकबीच युद्ध हुने सक्ने त्रास बढेर गएको थियो। तर, अन्तर्राष्ट्रिय समुदायको आग्रह र त्यसपछि विकसित घटनाक्रमले भने युद्धको त्रास तत्कालका लागि भने टर्दै गएको विश्वास गरिएको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds