काठमाडौँ- सरकारले काठमाडौँको मुख्य प्रवेश नाका नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क दर सार्वजनिक गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमार्फत सुरुङमार्ग प्रयोगबापत तिर्नुपर्ने दस्तुर तोकेको हो।
नयाँ दरअनुसार हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनी बस तथा साना मालवाहक गाडीका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ कायम गरिएको छ। त्यस्तै ठूला बस तथा ट्रकका लागि प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ।
अत्यधिक भारवहन गर्ने सवारीसाधनका लागि भने प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ।










Discussion about this post