Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता : नेता मिश्र

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ चैत्र ८, आईतवार २२:१३
सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता : नेता मिश्र
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामाबारे टिप्पणी गर्दै नेता मनिष मिश्रले उच्चतम् राजनीतिक नैतिकता भन्दै प्रशंसा गरेका छन् ।
नेता मिश्रले सभापति थापाको राजीनामा यो उच्चत्तम राजनीतिक नैतिकता रहेको बताएका हुन् । उनले भनेका छन्, ‘हुनत गगनजी सभापति भएपछि चुनावी तयारीका निम्ति तयारी समय अति नै अपुग थियो । विषम् परिस्थिति थियो ।’
उनले पार्टीका साथीहरूसँग खुलेरै कुरा गर्ने र चुनावी छलफलसम्म गर्न पाएको अवस्था नरहेको टिप्पणी गर्दै भने, ‘तथापी चुनावी सभालाई सम्बोधनदेखि चुनावी रैलीसम्म कुरा प्रशंसा योग्य थियो । परिणाम जुन आयो त्यो पनि विषम् परिस्थितिमा गगनजी, बिश्वजी लगायतको टिमलाई हेरेर आएको हो नत्र के हुन्थ्यो भन्न सकिन्नथ्यो ।’
उनले सभापति थापा राजिनामा नै दिनुपर्ने अपरिहार्यता नरहेको जिकिर गरेका छन् । उनले अझ मजबुतिका साथ काम गर्नुपर्ने काँग्रेसीजनको बुझाई रहेको बताए । ‘तर गगनजी शायद उहाँले आफ्नो सिद्धान्तविपरीत जान सक्नु भएन । साथीहरूले राजिनामा नदिनुस् भन्दा उकुसमुकुसमा परेको अनुभुति मैले बुझेको छु,’ उनले भने ।
नेता मिश्रले भनेका छन्, ‘निर्वाचन परिणामको पहिलो दिन नै राजीनामा दिन्छु भन्दा एक दुई दिन पर्खिनुस् भनेर केन्द्रीय समितिका साथीहरूले नदिलाउने सोचमा थिए । गगन थापा नैतिकवान नेता हो सायद वहाँलाई चित बुझेन र राजीनामा दिएरै छाड्नु भयो ।’
उनले अब केन्द्रीय समितिले सभापतिमा गगनजीको खाँचो छ भने निर्णय अनुमोदन नगर्दा बेस हुने धारणा राखेका छन् ।
उनले गगनजी बाहेकको कांग्रेसको परिकल्पना अहिलेको समयमा गर्दा काँग्रेसको लागि ठूलो क्षति हुने बताएका छन् । अबको दिनमा काँग्रेस स्पष्टधारका साथ प्रतिपक्षको भुमिकामा आफूलाई जनपक्षीय कार्यमा ल्याउनु पर्ने भन्दै त्यसका लागि गगनको अपरिहार्यता रहेको ठहर गरेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बालेन सरकारको १०० बुँदे कार्यसूची राष्ट्र र जनहितमा
विचार/ब्लग

बालेन सरकारको १०० बुँदे कार्यसूची राष्ट्र र जनहितमा

२०८२ चैत्र ८, आईतवार २२:१३
लीयकरणको अन्त्य गरी हरेक क्षेत्र सुधार गर्न बालेन सरकारलाई ऐतिहासिक अवसर
विचार/ब्लग

लीयकरणको अन्त्य गरी हरेक क्षेत्र सुधार गर्न बालेन सरकारलाई ऐतिहासिक अवसर

२०८२ चैत्र ८, आईतवार २२:१३
आहा ! मेरो बालापन…
विचार/ब्लग

आहा ! मेरो बालापन…

२०८२ चैत्र ८, आईतवार २२:१३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट

बालबालिकालाई सुसंस्कृत बनाउन नैतिक शिक्षा अपरिहार्य प्रदेश प्रमुख भट्ट

२०८२ चैत्र ८, आईतवार २२:१३

इरान-अमेरिका शान्ति वार्ताको पहिलो चरण सम्पन्न, प्रगति अझै अनिश्चित

२०८२ चैत्र ८, आईतवार २२:१३
आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा

आर्थिक गणना वैशाख २ देखि, तयारी अन्तिम चरणमा

२०८२ चैत्र ८, आईतवार २२:१३
प्रचण्डको प्रष्टोक्ति : ‘जनार्दनलाई पार्टी छोड् भनेको होइन’

छानबिनका लागि तयार छु: दाहाल

२०८२ चैत्र ८, आईतवार २२:१३
जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

जिएमसी सोसल वेलफेयर क्लबद्वारा कञ्चनपुरको सुडा बजारमा सरसफाइ अभियान सम्पन्न

२०८२ चैत्र ८, आईतवार २२:१३
प्रतिनिधि सभा: १० वटा विषयगत समिति गठन

प्रतिनिधिसभा: पहिलो अधिवेशन अन्त्य, ६ बैठकमा महत्त्वपूर्ण निर्णय

२०८२ चैत्र ८, आईतवार २२:१३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व