एसिसी यु–१९ महिला एसिया कपमा नेपालले आज श्रीलंकासँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ।
मंगलबार नेपाल र भारतबिचको खेल वर्षाले रद्द भएपछि नेपाल समूह चरणमा अपराजित भएर सुपर फोरमा पुगेको छ। यस नतिजासँगै समूह ‘ए’ बाट भारत र नेपाल सुपर फोरमा पुगे। यसअघि यी दुवै टिमले पाकिस्तानलाई हराएर एक खेलअघि नै सुपर फोरमा पुगेका थिए।
नेपालले अब अर्को चरणमा समूह ‘बी’ बाट अगाडि बढेका बङ्गलादेश र श्रीलङ्काविरुद्ध खेल्न लागेको हो। नेपालले भोलि बंगलादेशसँग खेल्नेछ।
बंगलादेश समूह बीमा दुई खेलमा विजयी हुँदै सुपर फोरमा पुगको हो। उसको चार अंक रहेको छ। बंगलादेशले श्रीलंका र आयोजक मलेसियालाई हराएको छ। उसको चार अंक रहेको छ। र, सुपर फोरको अंक तालिकाको शिर्ष स्थानमा छ।
दोस्रो स्थानमा भारत रहेको छ। तीन अंक रहेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। दुई खेलमा एक खेलमा विजयी भएको श्रीलंकाको २ अंकमात्र रहेको छ।
यो अंक सुपर फोरमा पनि जोडिने छ। र,शीर्ष स्थानका दुई टोलीले उपाधिका लागि फाइनल खेल्नेछन्। तेस्रो र चौथो टोली बाहिरिने छन्।
फाइनल खेल आइतबार हुनेछ।