सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलडाँडीमा आज राति कोजाग्रत जात्रा

कञ्चनपुर– जिल्लाको बेलडाँडी गाउँपालिकामा आज राति कोजाग्रत पर्वको अवसरमा जात्रा लाग्ने भएको छ । विगतका बर्षहरूझै कोजाग्रत पूर्णिमाका राति परम्परागत धार्मिक महत्व बोकेको संस्कृति जोगेर्ना गर्ने उदेश्यले लाग्दै आएको जात्रा अर्थात जात यस बर्षपनि आज विहिबारको रातभर लाग्ने भएको हो ।

 

बेलडाँडी गाउँपालिका वडा नम्बर–२ गाउँपालिका कार्यालय नजिक अवस्थित लटिनाथ मालिकार्जुनको मन्दिरमा प्रत्येक बर्ष कोजाग्रत पुर्णिमाका राति जात्रा अर्थात जात लाग्दै आएको छ ।

राति लाग्ने मेलाको तयारी अन्तिम चरणमा पुगेको र त्यसका लगि मन्दिर प्राङ्गणमा पूरा तयारी भएको आयोजक समितिका युवा समाजसेवी तेजसिंह धामिले जानकारी दिनु भयो ।

उक्त मेलामा जिल्लाका विभिन्न स्थानबाट धार्मिक र, सांस्कतिक पहिचान बोकेको सुदूरपश्चिमको दमहा बाजागाजा सहित मन्दिरमा आउने गर्दछन । मेलामा देउडा खेल हनुका साथै दमाह बाजाको रौनक सहितमा देवता पुजिने गर्दछन् । जात्रामा विभिन्न क्षेत्रका अन्य समुदायका मानिसहरू मेला हेर्न पुग्ने भएकाले उत्तिकै भिड समेत रहने गर्दछ ।

Mahakali Polytechnic

जात्रामा प्रायः दार्चुला, बैतडी क्षेत्रका समुदायले बाजागाजाका साथ जात ल्याउने र मेलामा रातभर देउडाको आयोजना हुदै आएको बेलडाँडीका युवा समाजसेवी मोहन प्रसाद बडुले बताउनु भयो । उनले भने “हाम्रो बैवाह झिलमिलाबाट पनि जात बाजागाजा सहित मन्दिरमा जान्छौ र रातिभर जागराम बसेर देउडा खेल खेल्छौ ।”

World Link Ads

उक्त जात्राले छुट्टै धार्मिक महत्व राख्दै आएको छ, भने अर्काे तर्फ धार्मिक पर्यटनमा समेत जोड दिदै आएको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds