सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भाषिक साहित्यिक विमर्श तथा रचना वाचन कार्यक्रम

महेन्द्रनगर प्रलेस सुदूरपश्चिम प्रदेशकाे आयाेजनामा महेन्द्रनगरमा भाषिक साहित्यिक विमर्श तथा रचना वाचन कार्यक्रम सम्पन्न गरियाे । डाेट्याली भाषाका अध्येता तथा वरिष्ठ साहित्यकार प्रलेस कञ्चनपुरका सल्लाहकार पञ्चमराज भट्टकाे अध्यक्षता र भाषा आयाेग नेपालका माननीय सदस्य डा. पुस्करराज भट्टकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन प्रलेस सचिवालय सदस्य कविराज भट्टले गरेका थिए । कार्यक्रममा सहभागीहरुबाट सुदूरपश्चिम प्रदेशमा विद्यमान डाेट्याली भाषा, थारु भाषा, खसभाषा लगायतका भाषाहरुकाे संरक्षण, सम्वर्धन र श्रीवृद्धिका क्षेत्रमा स्रष्टाहरुले सचेत भएर कार्य गर्नुपर्ने, जिल्लागत रुपमा भाषालाई टुक्र्याएर जानु गलत हुनेभएकोले भाषालाई कसरी सम्वृद्ध बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने र भाषा तथा संस्कृति माथि राजनीतिकरण गरेर समाजलाई टुक्र्याउने प्रपंच भइरहेको सन्दर्भमा सबैले सचेत भएर सहि कुरा अबलम्बन गर्ने र गलत कुराहरु हटाएर जानुपर्ने कुरामा जाेड दिएका छन् । डाेट्याली, नेपाली जुनसुकै भाषा लेखेपनि सामाजिक सञ्जाल लगायतमा शुद्ध लेखनमा ध्यानदिनुपर्ने कुरामा प्रलेस कञ्चनपुरका सहसचिव प्रेमप्रकाश कलाैनीले जाेड दिएका थिए ।
कार्यक्रममा उपस्थित सबैले दशै, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान गरेका थिए । सहभागीहरुले भाषाहरुलाई एकापसमा जाेडेर देशलाई समृद्ध कसरी बनाउन सकिन्छ भन्ने कुरामा भाषा आयाेगले समयमै ध्यानदिनुपर्ने कुरामा जाेड दिए । कार्यक्रममा स्रष्टाहरु खिमानन्द वडू, रमेश पन्त मीतबन्धु, मनाेरमा भट्ट, शिवराज कलाैनी, कविराज भट्ट, प्रेमप्रकाश कलाैनी, सतिश चुनारा, लक्ष्मीप्रसाद भट्ट, सिर्जन श्री लगायतले रचना वाचन गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि मानसखण्ड फाउन्डेसनका अध्यक्ष नारा जाेशी, समकालीन साहित्य समाजका अध्यक्ष कल्यान ओझा, प्रलेस सुदूरपश्चिम प्रदेश उपाध्यक्ष जगदीश ओझा र बेलाैरी नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक अमित प्रसाद भट्टले भाषा र साहित्य सम्बन्धि मन्तव्य मार्फत आफ्ना विचारहरु राखेका थिए ।कार्यक्रममा सुदूरपश्चिममा विद्यमान भाषाहरुकाे क्षेत्रमा भाषा आयाेगले कार्य गरिरहेकाे र गरिरहने कुरामा प्रमुख अतिथि डा. भट्टले जाेड दिएका थिए । कार्यक्रमका अध्यक्ष पञ्चमराज भट्टले भाषाका क्षेत्रमा थुप्रै चुनाैती रहेपनि सबैले खुट्टा नकमाई कार्य गर्नुपर्ने कुरामा जाेड दिए । कार्यक्रममा भाषा, साहित्य र संस्कृतिका माध्यमबाट समाजमा एकता कायम गर्न सबैले कार्य गर्नुपर्ने कुरामा सहभागी सबैले जाेड दिएका थिए ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds