सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टी–२० विश्वकपमा बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई २५ रनले हरायो

आईसीसी टी–२० विश्वकपमा बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई हराएको छ । गएराति भएको खेलमा बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो । बङ्ग्लादेशले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो ।

नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले सर्वाधिक ३३ रन बनाए । बङ्ग्लादेशका होसेनले ३ विकेट लिए । त्यसअघि सेन्ट भिन्सेन्टमा टस गरेर पहिला ब्याटिङ गरेको बङ्ग्लादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । उसका शाकीब अल हसनले सर्वाधिक ६४ रन बनाए । नेदरल्याण्ड्सका आर्यन दत्त र पल भ्यान मिकरनले २–२ विकेट लिए ।

जितपछि नेपाल रहेको समूह ‘डी’ को बङ्ग्लादेश ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । नेदरल्याण्ड्सको ३ खेलमा २ अङ्क रहेको छ । नेपालको २ खेलमा १ अङ्क रहेको छ । बङ्ग्लादेशको जित पछि श्रीलङ्का एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

श्रीलङ्काको ३ खेलमा १ अङ्क मात्र रहेको छ । पहिलो स्थानको दक्षिण अफ्रिका ३ खेलमा ६ अङ्कसहित सुपर ८ मा पुगिसकेको छ ।

Mahakali Polytechnic

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds