सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टी–२० विश्वकपमा ओमान इंग्ल्याण्डसँग ८ विकेट पराजित

टी–२० विश्वकपमा ओमान इंग्ल्याण्डसँग पराजित भएको छ । आज बिहान भएको खेलमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले हराएको हो । ओमानले दिएको ४८ रनको झिनो लक्ष्य इंग्ल्याण्डले ३ ओभर १ बलमा २ विकेट गुमाएर भेट्टायो । उसका जोस बट्लरले नटआउट २४ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले १३ ओभर र बलमा ४७ रन मात्र बनाएको थियो । समूह ‘सी’ मा इंग्ल्याण्डको यो पहिलो जित हो । इंग्ल्याण्ड ३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । ओमानको भने यो चौथो खेल हो । यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको ओमान अहिलेसम्म अङ्कविहीन रहेको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds