Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८० फाल्गुन ३, बिहीबार ११:४४
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – साउदी अरबमा विभिन्न कारणले जेल सजायको अवधि सकिसक्दा पनि जेलमै धेरै नेपाली बस्ने गरेका पाइएको छ । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी र त्यहाँका महान्यायाधिवक्ता साउद बिन अब्दुल्लाह बिन मुबारक अल मुजबसँगको भेटमा साउदी अरबमा नेपाली श्रमिकले भोग्नुपरेका विभिन्न समस्या महान्यायाधिवक्तालाई जानकारी गराइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

साउदी अरबमा नेपालीले भोग्नुपरेको समस्या समाधानमा सहयोग गरिदिन राजदूत सुवेदीले महान्यायाधिवक्तासँग अनुरोध गरेका जनाइएको छ । साउदीमा प्रहरीबाट पक्राउ गरिएका वा जेल चलान गरिएका नेपाली कामदारको विवरण नियमित रूपमा दूतावासमा प्राप्त हुन नसकेको भन्दै राजदूत सुवेदीले पूर्ण सूचना आवश्यक रहेकाले सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

अधिकांश नेपाली कामदार जेल सजाय सकिएपछि पनि लामो समय जेलमा नै रहनुपर्ने अवस्था रहेको दूतावासमा रिपोर्ट आउने गरेको भन्दै उनले तत्काल यो समस्या समाधान गरिदिन अनुरोध गरेका छन् । अदालती मुद्दामा नेपाली भाषा अनुवादक नराखी मुद्दाको सुनुवाइ हुने अवस्थामा भाषाको कारण सत्यतथ्य सुनुवाइ कठिन हुने अवस्था रहेको उनले बताए । मुद्दाको अनुसन्धानमा ढिलाइ हुने गरेका कारण श्रमिकले धेरै समय हिरासतमा बस्नुपर्ने अवस्था रहेकाले चाँडो अनुसन्धान गर्न सहजीकरण गरिदिन पनि उनले माग गरेका छन् ।

अरबी भाषाको ज्ञानको कमीका कारण आफ्नो भनाइ राख्न नसकेर पक्राउपछि कतिपय श्रमिकलाई स्वच्छ सुनुवाइमा कठिनाइ भई झुठा मुद्दा लाग्नसक्ने अवस्था रहेको लगायत विषयमा छलफल भएको दूतावासले जनाएको छ । साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल जीवन बिताइरहेका छन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आजदेखि पुनः मतदाता नामावली सङ्कलन सुरु हुँदै
देश/राष्ट्रिय

आजदेखि पुनः मतदाता नामावली सङ्कलन सुरु हुँदै

२०८० फाल्गुन ३, बिहीबार ११:४४
भीमदत्त नगरपालिकाकी १८ वर्षीया अनिता राउत एक सातादेखि बेपत्ता; खोजी गरिदिन परिवारको अपिल
देश/राष्ट्रिय

भीमदत्त नगरपालिकाकी १८ वर्षीया अनिता राउत एक सातादेखि बेपत्ता; खोजी गरिदिन परिवारको अपिल

२०८० फाल्गुन ३, बिहीबार ११:४४
रेडियो नेपालको उत्कृष्ट संवाददाताबाट बाग सम्मानित
देश/राष्ट्रिय

रेडियो नेपालको उत्कृष्ट संवाददाताबाट बाग सम्मानित

२०८० फाल्गुन ३, बिहीबार ११:४४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

अब सरकारी सूचना  सरकारी सञ्चारमाध्यमबाट मात्रै प्रकाशन र प्रशारण गर्न पाइने

अब सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म

२०८० फाल्गुन ३, बिहीबार ११:४४
नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने सरकारको निर्णय

नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने सरकारको निर्णय

२०८० फाल्गुन ३, बिहीबार ११:४४
सुदूरपश्चिमका पहाडी क्षेत्रको थोरै ठाउँमा आज पानी पर्ने सम्भावना

आज पनि केही ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना

२०८० फाल्गुन ३, बिहीबार ११:४४
आजदेखि पुनः मतदाता नामावली सङ्कलन सुरु हुँदै

आजदेखि पुनः मतदाता नामावली सङ्कलन सुरु हुँदै

२०८० फाल्गुन ३, बिहीबार ११:४४
भीमदत्त नगरपालिकाकी १८ वर्षीया अनिता राउत एक सातादेखि बेपत्ता; खोजी गरिदिन परिवारको अपिल

भीमदत्त नगरपालिकाकी १८ वर्षीया अनिता राउत एक सातादेखि बेपत्ता; खोजी गरिदिन परिवारको अपिल

२०८० फाल्गुन ३, बिहीबार ११:४४
संसदमा बादलले बोलेको अभिव्यक्ति एमालेले सच्यायो, प्रधानमन्त्री वालेन्द्रलाई बधाई ज्ञापन

संसदमा बादलले बोलेको अभिव्यक्ति एमालेले सच्यायो, प्रधानमन्त्री वालेन्द्रलाई बधाई ज्ञापन

२०८० फाल्गुन ३, बिहीबार ११:४४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व