विकास सिह महता, कञ्चनपुर । जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. २ मा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिताको तेस्रो दिन तीन खेल सम्पन्न भएका छन् ।
कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिता ‘हाम्रो गोल लागु औषध बिरुद्धको गोल’ भन्ने मुल नाराका साथ मछेली खेलमैदानमा सञ्चालन प्रतियोगिताको तेस्रो सोमबार हिजो तीन खेल सम्पन्न भएको आयोजकले बताएको छ।
आज भएको पहिलो कृष्णपुर नगरपालिका वडा नं. ५ र कृष्णपुर नगरपालिका वडा नं. ३ बिच भएको खेल निर्धारित समयमा गोलरहित बराबरी खेल्दै खेल ट्राइबेकरमा पुगेको थियो। ट्राइबेकरमा ४-४ गोलको बराबरी पछि सटनदेथमा कृष्णपुर -३ ले जित निकालेको छ।
दोस्रो खेल शुक्लाफाँटा नगरपालिका वडा नं. ०९ र लालझाडी गाउँपालिका वडा नं. ०२ बिच भएको खेलमा १-० गोलको अन्तरले लालझाडी गाउँपालिका वडा नं.२ लाई हराउदै शुक्लाफाँटा नगरपालिका वडा नं.०९ ले रोमाञ्चक जित निकालेको छ।
उक्त दिन भएको तेस्रो खेल क्वाटरफाइनलको पहिलो खेल कृष्णपुर नगरपालिका वडा नं. ६ र लालझाडी गाउँपालिका वडा नं. -५ बिच भएको खेलमा निर्धारित समयमा १-१ गोल को बराबरी खेल्दै खेल ट्राइबेकरमा पुगेको थियो। जसमा लालझाडी गाउँपालिका वडा नं.५ ले ३-१ गोल अन्तरले कृष्णपुर नगरपालिका वडा नं. ६ लाई हराउदै प्रतियोगिताको सेमिफाइनल पुग्ने पहिलो टिम लालझाडी गाउँपालिका वडा नं.५ बनेको छ। प्रतियोगिताका क्वाटरफाइनल खेल सुरु भएका छ्न। यो संगै क्वाटरफाइनलका तीन खेल भोलि प्रतियोगिताको चौथो दिन मंगलबार हुने छन् ।
प्रतियोगितामा कृष्णपुर नगरपालिका ९ वडाकै टिम र बाँकी छिमेकी पालिकाका टिम गरेर १४ टिम को सहभागि रहेको आयोजकले बताएको छ । खेल नक आउट आधारमा खेलाइने र प्रतियोगिता विजेता टिमलाई नगद ७५ र उपविजेतालाई ४१ हजार नगद सहित ट्रफि,मेडल प्रमाण पत्र हात पार्ने छन् । प्रतियोगिता मंसिर ३० देखि पुस ६ गते सम्म संचालन हुने छ। भने प्रतियोगिताको फाइनल खेल पुस ६ गते दिउँसो १ बजे हुने छ।