सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बिद्यालय जाने क्रममा भिरबाट लडेर बाजुरामा एक बालिकाको मृत्यु

बाजुरामा बिद्यालय जाने क्रममा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार बडीमालिका नगरपालिका ६ कोर्ध फडील्लाकी ६ वर्षीय कमला बडुवालको आज बिहान बिद्यालय जाने क्रममा भिरबाट लडेरमृत्यु भएको हो।

उनी सोही वडामा रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालयमा कक्षा १ मा अध्ययनरत रहेकी थिइन्। बिद्यालय गाउँबाट टाढा हुँदा बिहान ९ बजे घरबाट हिडेकी थिइन्।

कमला घर नजिकै रहेको ढागीलोटा भन्ने ठाउँमा बाटो अप्ठ्यारो हुँदा खुट्टा चिप्लिदा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। गोदावरी न्युज बाट सभार

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.