सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुन तस्करीको जालो : ४६ महिनामा ४ सय ८३ पक्राउ

काठमाडौं – पछिल्लो समय सानोदेखि ठूलो परिणाममा अवैध सुन बारम्बार बरामद हुने गरेको छ। नेपाल प्रहरीले पछिल्लो ४६ महिनामा सुन तस्कर र भरिया गरी ४ सय ८३ जनालाई पक्राउ गर्‍यो। सोही अवधिमा प्रहरीले तातोपानी नाका, रसुवावढी नाका र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्र्त्रित लागेको ४ सय २६ किलो १८ ग्राम अवैध सुन बरामद गर्‍यो।

आर्थिक वर्ष २०७२/२०७३ मा ६८ किलो ५ सय ६ ग्राम, २०७३/०७४ मा ९१ किलो ३ सय ८४ ग्राम, २०७४/७५ मा १ सय ७९ किलो २ सय ४७ ग्राम र चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ८६ किलो ८ सय ५२ ग्राम अवैध सुन प्रहरीले विभिन्न समयमा बरामद गरेको हो। त्यस्तै आर्थिक वर्ष २०७२/२०७३ मा १ सय ६, २०७३/०७४ मा ८३, २०७४/७५ मा ९० र चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म ९७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

स्वदेशी तथा विदेशी सुन तस्करहरुलाई पक्राउ गरे पश्चात गरिएको अनुसन्धानमा भारत लग्ने उद्देश्यले सुन तस्करी भइरहेको खुलेको छ। अन्तर्राष्ट्रिय सुन तस्करहरुले नेपाललाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर चीन हुँदै भारततर्फ सुन तस्करी गर्ने गरेको फेला परेको छ। स्विट्जरल्याण्ड र अफ्रिकाबाट सिधै चीन आउने सुन अहिले रुस र नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाएर अन्तर्राष्ट्रिय बजारमा तस्करी हुने गरेको फेला परेको हो ।

भारत र चीनले पहिले स्विस बैंकमार्फत सुन आयात गर्ने गरेकोमा पछिल्ला दिनहरुमा भने दक्षिण अफ्रिकाबाट पनि आयात गर्न थालेका छन्। चीन भित्रिने सुन केही परिमाण चीनले आफैँ प्रयोगमा ल्याउँछ भने केही रुस र नेपालमा अवैधरुपमा निर्यात हुन्छ। चीनबाट अन्तर्राष्ट्रिय सुन तस्करीहरुले छुट्टै संयन्त्र बनाई विभिन्न ‘च्यानलहरु’ परिचालन गर्ने गरेका छन्।

Mahakali Polytechnic

नेपाल प्रहरीका प्रवक्ता तथा डिआईजी विश्वराज पोखरेलले विदेशबाट सुन तस्करहरुले सुन ल्याइ भारत निकासी गरिरहेको अनुसन्धानबाट खुलेको बताउँछन्। उनले भने,‘सुन तस्करहरुले नेपालको बाटो भएर भारतमा सुन लैजाने गरेको छन,।तर त्यसविरुद्ध प्रहरीले निरन्तर निगरानी बढाएको छ।’

World Link Ads

पछिल्लो समयमा मुसिगाउँ, लोमान्थाङ्ग, लोर्के भञ्ज्याङ्ग, रसुवाढी, लिपुलेक, टिड्ढर, उराल भञ्ज्याङ्ग, हियला, खप्ताङ्ग चौर र तातोपानी लगायतका १६ नाकाहरुबाट नेपालमा सुन तस्करी हुने गर्थ्यो। हाल तस्करहरुले चीनको केरुङ्ग हुँदै रसुवाढी, खासा हुँदै सिन्धुपाल्चोकको तातोपानी, रोङ्गसार हुँदै ताप्लेजुङ्गको ओलाङ्गचुङ्गगोला र लोनाक, टिङ्गरीबाट सोलुखुम्बुको नाप्चे चुले र दोलखाको लाप्चेगाउँको बाटोलाई मुख्य बाटो बनाएका छन्।

Sana Kishan

डीआईजी पोखरेलका अनुसार नेपालमा सुन चीन, बैंकक, कतार र दुबईबाट भित्रिने गरेको छ। उनले भने,‘मुख्य रुपमा खाडी मुलुक र चीनबाट अवैध सुन नेपाल भित्रिन्छ। त्यहाँबाट अन्तर्राष्ट्रिय सुन तस्करहरुले विभिन्न च्यानलबाट भन्सार नतिरेर भित्र्याउछन्। त्यस्तो सुन थोरै नेपालमा र बाँकी सबै भारतमा खपत हुन्छ।’

भारतले विदेशी मुद्राको खर्च कटौती गर्न सुनको आयातमा कडाइ गरेपछि भारतीयले सुन खरिद गरेर सञ्चित गर्न खोज्ने प्रवृति बढेकाले नेपाल हुँदै सुन तस्करी बढेको जानकारहरुको भनाइ छ। सीमा नाकामा हुने फितलो जाँच र कमजोर अनुगमन प्रणालीका कारण पटक पटक विभिन्न परिमाणमा अवैध सुन बरामद हुने गरेको स्रोतको भनाइ छ। खासगरी दुई ठूला मुलुकसँगको सिमानामा तस्करी नियन्त्रणका लागि चाहिने उपकरण, विज्ञ जनशक्ति र सूचना लिन गर्नुपर्ने लगानीको अभाव सुन तस्करीको मुख्य कारण भएको प्नहरीका अधिकारीहरूको भनाइ छ।

अधिकारीहरुका अनुसार प्रहरी अनुसन्धानले नेपालबाट हुने अधिकांश सुन तस्करीमा भारतीयको लगानी रहने र सीमित मात्रामा नेपाली पनि संलग्न रहेको देखाउँछ। नेपालमा चीनबाट सुन तस्करीको धेरै लामो इतिहास रहेको विभिन्न कालखण्डमा बरामद सुनको परिणामले पनि पुष्टि गरेको छ। विशेषगरी सन् १९५९ मा चीनबाट दलाइ लामाको पलायनसँगै उनका आफन्तजन तथा समर्थकहरु चीनमा बस्न नसक्ने अवस्था आएपछि चीनमा भएको सम्पत्तिलाई सुनको रुपमा नेपाल तथा भारतमा लैजाने गरेका थिए ।

विगतमा बरामद भएका ठूला परिमाणका सुन र त्यसमा रहेको भनिएको संलग्नताबारे जानकारहरु पछिल्लो ८८ किलो सुन तस्करीमा पनि उच्च तहको मिलेमतो रहेको लख काट्छन्। गत वर्ष ३३ किलो सुन बरामद हुँदा पनि ठूलै सञ्जाल सक्रिय रहेको र त्यसमा उच्च तहको संलग्नता रहेको चर्चा भएको थियो। तर ठूल्ठूला सुन तस्करी प्रकरणमा चर्चा हुने गरेका ठूला हैन साना माछा मात्र प्रहरीको हात पर्ने गरेको आरोप लाग्ने गरेको छ।
नागरिकबाट साभार

सुन_तस्करी पक्राउ #तस्कर #अवैध_सुन

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds