Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

काँग्रेस नेता कलौनीको महाकालीमा अन्त्येष्टि : मध्य जीवनमै विलाए कलौनी

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ माघ २०, आईतवार १७:५२
काँग्रेस नेता कलौनीको महाकालीमा अन्त्येष्टि : मध्य जीवनमै विलाए कलौनी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता अच्युतराज कलौनीको अन्त्येष्टि गरिएको छ । काँग्रेस भीमदत्त नगरका सभापति कलौनीको सोमबार दिउँसो महाकाली नदीमा अन्त्येष्टि गरिएको हो । कनौली परिवारले हिन्दु संस्कार अनुरूप मृतक कलौनीको पार्थिव शरीर महाकालीमा अन्त्येष्टि गरेका छन् ।

शनिवार भीमदत्त नगरपालिका १८ मामाभान्जा चोक सडक पेटीमा मृत भेटिएका कलौनीको फोरेनसिक मेडिसिन विज्ञ डा. अरबिन शाक्य नेतृत्वको चिकित्सकको टोलीले पोष्टमार्टम गरेको थियो ।

पोष्टमार्टमपछि घर, विद्यालय बैजनाथ मावि र पाटी कार्यालयमा श्रद्धाञ्जली पछि अन्त्येष्टि गरिएको हो । अच्युतराज कनौली कञ्चनपुरको चर्चित नाम हो । जस्तो नाम चर्चित उस्तै उनी अस्ताएका छन् । शनिवार एका बिहानै उनी मृत फेलाको खबरले जिल्लादेखि केन्द्रसम्म सनसनी मच्चियो । घरदेखि उत्तर झन्डै ५-६सय मिटरको दुरी सडक पेटीमै मृत फेला परेका ४२ बर्षिया कलौनीको मृत्युको खबरले नगर सहित जिल्ला शोकाकुल भएको छ ।

मध्य जीवनमै हिँड्दा हिँड्दै बिलाएका कलौनीको मलामीमा गृहमन्त्री रमेश लेखक, पूर्व मन्त्री प्रकाश रावल, भीमदत्त नगरका मेयर पदम बोगटी सहितका काँग्रेस सहितका अन्य सहकर्मी राजनैतिक दलका हजारौँ नेता कार्यकर्ताहरूको उपस्थितिमा अन्तिम बिदाइ गरिएको छ ।

अस्पतालदेखि घरघरदेखि विद्यालय, पाटी कार्यालय हुँदै घाटसम्मै हजारौँ जनसागरको उपस्थितिमा कलौनीको बिदाइ गरिएको हो । घरपरिवारदेखि घाटसम्मै हृद्यविधारक अवस्थाबाट उनको बिदाइ गरिएको छ । विद्यार्थी जीवनदेखि नै सामाजिक सेवामा तल्लीन रहेका कनौली विद्यार्थीमाझ लोकप्रियता पछि पाटी राजनीतिमा होमिएका कनौली नेपाली काँग्रेस भीमदत्त नगरको सभापति हुन् ।

नेवी सङ्घको केन्द्रीय सहमहामन्त्रीको जिम्मेवारी निर्वाह गरेका उनी काँग्रेसको १४औँ महाधिवेशनबाट भीमदत्त नगर पाटी कमान्डरको जिम्मेवारी पाएका कनौली पाटीको कामकाज मात्रै नभई सामाजिक काममा समेत उत्तिकै खटिएका थिए । राज्यको लगानीमा सञ्चालनमा रहेका सामुदायिक विद्यालय सुधारको योजना अघि सार्दै जिल्ला सदरमुकाम महेन्द्रनगर स्थित बैजनाथ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका उनी विद्यालयदेखि अन्य साथीभाइकै काम विशेषले शुक्रवार धनगढी गएका थिए ।

धनगढीबाट राती ९ बजेतिर महेन्द्रनगर पुगेका कनौली छाती दुखेको भन्दै पैदलै महाकाली अस्पताल पुगेर घर फर्किने क्रममा घर नपुग्दै बिचबाटैमा अस्ताएका छन् । भीमदत्त नगरपालिका १८कटान मामाभान्जा चोक सडक पेटीमै मृत भेटिएका कलौनीको घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । कनौली सडक पेटीमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने
मुख्य समाचार

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८१ माघ २०, आईतवार १७:५२
५० मेगावाटको माथिल्लो मर्स्याङ्दीमा उच्चस्तरको मर्मत शुरू
मुख्य समाचार

५० मेगावाटको माथिल्लो मर्स्याङ्दीमा उच्चस्तरको मर्मत शुरू

२०८१ माघ २०, आईतवार १७:५२
३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउन र्आयोगको आग्रह
मुख्य समाचार

समानुपातिक सांसदको नाम पठाउने समयसीमा आज सकिँदै,अन्तिम तयारीमा दलहरू

२०८१ माघ २०, आईतवार १७:५२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८१ माघ २०, आईतवार १७:५२
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८१ माघ २०, आईतवार १७:५२
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८१ माघ २०, आईतवार १७:५२
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८१ माघ २०, आईतवार १७:५२
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८१ माघ २०, आईतवार १७:५२
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८१ माघ २०, आईतवार १७:५२

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व