कञ्चनपुर । सामाजिक कार्यमा अग्रसर कञ्चनपुरको ‘पावर अफ युथ’ समुहले ब्यानर विमोचन तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। शनिबार भीमदत्त नगरपालिका १८ कटानमा रहेको भीमदत्त पार्कमा एक कार्यक्रमको आयोजना गर्दै ब्यानर विमोचन तथा छलफल गरिएको समाजसेवी युवा अङ्कित जोशीले बताएका छन्।
उक्त कार्यक्रममा समुहमा जोडिएका नयाँ सदस्यहरूलाई स्वागत समेत गरिएको उनले बताए। साथै कार्यक्रमबाट ‘गावो विश्वस: मातर:’ भन्ने मूल नाराका साथ छाडा गाईगोरुलाई चिसोबाट जोगाउन हस्त निर्मित जुटका बोराबाट बनेको ओढ्नेले ढाक्ने निर्णय गरिएको जोशीले बताए। ‘पावर अफ युथ’ समुहले विगत लामो समयदेखि सामाजिक कार्यहरू गर्दै आइरहेको छ।