कञ्चनपुर । किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ३० औ वार्षिक साधारण सभा अन्तरगत दैजी शाखाको एकाइ भेला सम्पन्न भएको छ। शनिबार वेदकोट नगरपालिका ७ मा रहेको सुडा फार्ममा भेला सम्पन्न गरिएको हो।
उक्त कार्यक्रममा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्य चन्दा सिहको सभापतित्व रहेको थियो भने वेदकोट नगरपालिका वड नम्बर १० का वडा अध्यक्ष रतन सिह बिष्टको प्रमुख आतिथ्य रहेको थियो।साथै कार्यक्रममा संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाह र संस्थाका चौमाला इलाका प्रमुख खकेन्द्र देवकोटाको विशिष्ट आतिथ्य रहेको थियो।
किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दैजी शाखाका प्रमुख अनिल चौधरीले सञ्चालन गरेको उक्त कार्यक्रममा दैजी शाखाका लेखापाल मिना अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन्।
कार्यक्रममा किसान कोप शिक्षा पदक अन्तरगत एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल जानकी बोहरा र निशा नाथलाई सम्मान पत्र, मेडल र ५-५ हजार नगद सहित सम्मान गरिएको छ। त्यसैगरी कार्यक्रममा उत्कृष्ट सेयर सदस्यहरूलाई सम्मान गरिएको छ सम्मानित हुनेमा जगनी डङ्गौरा थारु, गोदावरी नाथ, कुमारी सम्झना राना, सरिता डङ्गौरा, खिमा चौधरी रहेका छन्।
त्यसैगरी कार्यक्रममा संस्थाका शेयर सदस्य धौली देवी खत्रीका श्रीमानको निधन भएपश्चात उनलाई रू १ लाख ५८ हजार ४ सय २२ प्रदान गरिएको छ भने शेयर सदस्य डम्मारा ऐडीको निधन भएपश्चात उनको परिवारलाई रू ४ लाख ८९ हजार ७ सय ९३ प्रदान गरिएको छ।
किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ३० औं साधारण सभा पुस ५ गते संस्थाको केन्द्रीय कार्यालय लम्की कैलालीमा हुने किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दैजी शाखाका प्रमुख अनिल चौधरीले जानकारी दिएका छन्।