कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले दशैँ, तिहार एवम् छठ पर्वको समयमा बजार क्षेत्र सरसफाइ गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् ।
आइतबार सरसफाइ शाखा कर्मचारी, नगर प्रहरी सहितका कर्मचारीसँग भएको बैठकमा कावा मेयर समेत रहेकी उपप्रमुख लेखकले दशैँ, तिहार एव छठका बेला बजार क्षेत्र चिटिक्क सरसफाइ गर्न कर्मचारीलाई निर्देशन दिएकी हुन् ।
उपप्रमुख लेखकको सचिवालयका अनुसार चाडपर्वको बेला बजार दुर्गन्धित नभई चिटिक्क आकर्षण सरसफाइ गर्न कर्मचारीलाई निर्देशन दिएकी छिन् ।
बजारमा अनधिकृत रुपमा फोहोर गर्ने माथि कानुनी कारबाही गर्न समेत निर्देशन दिएकी हुन् । बैठकका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम सहितका कर्मचारीको उपस्थिति रहेको थियो ।