सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त नगरपालिकाद्वारा महेन्द्रनगर बसपार्कमा चाडपर्व लक्षित हेल्थ डेक्स 

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले निशुल्क हेल्थ डेक्स (यात्रु स्वास्थ्य सहायता कक्ष) सञ्चालन गरेको छ । भीमदत्त नगरपालिका –०४ महेन्द्रनगरस्थित बस पार्कमा यात्रुहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै नगरपालिकाले चाडपर्वलक्षित निशुल्क हेल्थ डेक्स सञ्चालन गरेको हो । 

मङ्गलवार एक कार्यक्रमका बिच नगरप्रमुख पदम बोगटीले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै हेल्थ डेक्स बाट सेवा शुरु गरिएको थियो । नगरप्रमुख बोगटीले यात्रुहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै निशुल्क हेल्थ डेक्स सञ्चालन गरिएको बताए । ‘यात्रा गर्दा बाटोमा थुप्रै स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन्छ ।’ नगरप्रमुख बोगटीले भने ‘यात्रुहरूको स्वास्थ्य सुरक्षाका लागि यो हेल्थ डेक्स सञ्चालन गरिएको हो । 

यहाँ प्राथमिक उपचार, ब्लड प्रेसर चेकजाँच, ज्वरो चेकजाँच र आवश्यक औषधी निशुल्क उपलब्ध गराइनेछ ।’ यस्तै उनले बस पार्कको विकास तथा संरक्षणका लागि समेत आफू प्रतिवद्ध रहेको बताए । नगर उपप्रमुख नीलम लेखक जोशीले बस पार्कलाई व्यवस्थित बनाउन नगरपालिकाले बजेट कार्यक्रमको व्यवस्था गरेको बताइन् ।  

कार्यक्रममा महाकाली यातायात प्रालिका अध्यक्ष डम्मर पन्तले यात्रुहरूको समस्या र आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले हेल्थ डेक्स स्थापना गरेकोमा धन्यवाद व्यक्त गरे । भीमदत्त नगरपालिका –०४ का अध्यक्ष सुशील कुमार भट्टको अध्यक्षता मा आयोजित कार्यक्रममा नगर प्रवक्ता पदम राज अवस्थी, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरक्षक, जिल्ला ट्राफिक कार्यालयका प्रमुख, वडा प्रहरी कार्यालयका प्रमुख, विभिन्न यातायात व्यवसायी, यातायात प्रालिका अध्यक्ष, सवारी चालक लगायतको उपस्थित रहेको थियो । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds