सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनज्योतिमा लागू औषध तथा अपराध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको जनज्योति बहुमुखी क्याम्पसमा लागू औषध तथा अपराध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। 

सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लागू औषध नियन्त्रण सम्बन्धी तिन महिने कार्यक्रम अन्तरगत जनज्योति बहुमुखी क्याम्पसमा लागू औषध तथा अपराध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरेको थियो। 

कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख नारायण प्रसाद सापकोटाले लागू औषध दुर्व्यसनले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै क्षति पुर्याईरहेकाले यस्तो विकराल रूपलाई नियन्त्रण र रोकथाम गरी समाजलाई स्वस्थ राख्न अपरिहार्य रहेको बताउनुभयो। लागू औषध दुर्व्यसनी तथा अपराध नियन्त्रण आफैमा एउटा चुनौतीको विषय रहेको हुँदा यस्ता गतिविधि रोकथाम र नियन्त्रण गर्न स्थानीयको सहयोग बिना सम्भव नरहेको प्रमुख जिल्ला अधिकारी सापकोटाको भनाइ छ । त्यसैले यस्तो जटिल परिस्थितिमा सुरक्षाकर्मीलाई स्थानीयले लागू औषध प्रयोगकर्ता र अपराध सम्बन्धी सूचना प्रवाह गरे यस्ता गतिविधि न्यूनीकरण गर्न सकिने उनको भनाइ छ। साथै लागू औषध ओसार पसार गर्ने जोकोहीलाई पनि कानुन बमोजिमको कारबाही गरिने उहाँले बताउनुभएको छ।

कार्यक्रममा लागू औषध प्रयोग गरेमा हुन् सक्ने क्षति र असरबारे भिडियो समेत प्रस्तुत गरिएको थियो। त्यसैगरी जनज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रकाश दत्त जोशीले  वर्तमान समयमा लागू औषध रोकथाम र नियन्त्रण गर्न विद्यालय स्तरबाट विद्यार्थीहरूले अझ अभियन्ताका रूपमा सक्रियता देखाउनुपर्ने बताउनुभयो।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds