कञ्चनपुर – कञ्चनपुरको एक बैङ्क र अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । एनएमबी बैङ्क र मन्त्र अस्पतालको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
आइतबार विश्व मुटु दिवसको अवसरमा बैङ्कमा सेवा लिन आउने सेवाग्राहीहरूका लागी मुटुरोग सम्बन्धी एक दिने स्वास्थ्यशिविर सञ्चालन गरेको जनाएको छ । मन्त्रह स्पिटल एण्ड रिसर्च सेन्टरले निशुल्क चेकजाँच सेवा उपलब्ध गरी बिरामीलाई निशुल्क औषधी समेत बितरण गरेको हो ।
एनएमबि बैङ्क शाखा महेन्द्रनगरमा सेवा लीन आउने करिब ६० सेवाग्राही र बैङ्क कर्मचारीहरूको स्वास्थ्य परिक्षण गरेको बैङ्कका म्यानेजर खेमराज उपाध्यायले बताए । स्वास्थ्य परिक्षण मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरका डा. गोविन्द रोकाया र डा. सञ्जय कुमार यादव सहितको मेडिकल टिमले मुटु परीक्षणमा प्रेसरका बिरामी बढी भेटिएकाले रोगबाट बच्ने उपाय र सचेतिकरणबारे सेवाग्राहीलाई सुसूचित गराएका थिए ।
मुटुरोग बढ्नुमा व्यस्त जीवनशैली, प्रशोधित खानेकुराको प्रयोग, तनावपूर्ण जीवनशैली र आवश्यक व्यायामको कमि मूख्य कारण रहेको डा. गोविन्दले बताए । साथै थप समस्या हुनबाट बच्न समयमै आवश्यक जाँच गराउन र उचित खानपान र नियमित व्यायाम गर्न सुझाव दिएका छन ।
एनएमबि बैङ्क लिमिटेडले बैङ्कले दिने आफ्नो दैनिक सेवाका साथै पटक यस्ता सन्देशमुलक कार्यक्रम गर्दै आइरहेको बरिष्ठ एरिया मेनेजर शुसिल बहादुर सिंहले बताए । उनका अनुसार एनएमबि बैङ्क दिफिनान्सियल टाइम्स, लण्डनको “दब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट उपाधि“बैंक अफदिइयर एसिया २०२१” बाट सम्मानित भइसकेको छ ।
बैङ्कले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल समाचार पटक नेपालको उत्कृष्ट बैङ्कको उपाधि प्राप्त गरिसकेको छ । एनएमबी बैङ्कले महेन्द्रनगर सहित हाल देशभर २०१ शखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टर मार्फत बैङ्किङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।