कञ्चनपुर – कञ्चनपुरमा शिक्षक महासङ्घ गठन एकैपटक जिल्ला र पालिका समिति चयन कञ्चनपुर, १२ असोज सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको साझा सङ्गठन नेपाल शिक्षक महासङ्घ कञ्चनपुरमा पहिलो पटक गठन गरिएको छ ।
शिक्षक महासङ्घको जिल्ला कार्य समिति र पालिका कार्य समिति गठन गरिएको हो । महेन्द्रनगरमा शनिबार एक कार्यक्रमका बिच गठन गरिएको जिल्ला र पालिका कार्य समितिको घोषणा गरिएको छ ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कञ्चनपुरका सचिव उत्तम विष्टले शिक्षक सङ्घ सङ्गठनका ट्रेड युनियनहरूबिचको आपसी सहमतीय आधारमा शिक्षक महासङ्घ घोषणा गरिएको बताए । सचिव विष्टले एकै पहिलो पटक जिल्ला र पालिकामा एकै समयमा समिति घोषणा गरिएको बताए ।
शिक्षक महासङ्घ कञ्चनपुर जिल्ला कार्य समितिको नेतृत्व नेपाल शिक्षक सङ्घकी नेतृ निर्मला जोशीले पाएकी छिन । शिक्षक महासङ्घ कञ्चनपुरको अध्यक्षमा जोशी चयन भएकी हुन् । सह अध्यक्षमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका नेता विक्रम चौधरी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका नेता दीपक सिह महरा उपाध्यक्ष, राष्ट्रिय शिक्षक सङ्गठनकै अर्का नेता जगदिश प्रसाद जोशी महासङ्घको सचिवमा चयन भएका छन् ।
अखिल नेपाल शिक्षक सङ्गठनका नेता ओम प्रकाश जोशी, सहसचिव अर्थमा चयन भएका छन् । शिक्षक सङ्घकै युवा नेता ज्ञानु बोहरा सह सचिव, अखिल नेपाल शिक्षक सङ्घकी नेतृ बृहस्पति चौधरी सहसचिव, सङ्घकै नेता कृष्ण बहादुर कुँवर सह सचिव, राष्ट्रिय शिक्षक सङ्गठनका नेता भीमलाल तामाङ्गपनि सहसचिव बनेका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला निवर्तमान अध्यक्ष उज्जल सिह धानुकपनि सह सचिव बनेका छन् । अखिल नेपाल शिक्षक सङ्गठनका नेता चुडामणि भट्ट, अखिल नेपाल शिक्षक सङ्घका नेता भानदेव भट्ट सहसचिव बनेका छन् । भने, नेपाल विद्यालय कर्मचारी परिषदका नेता हुकुम बोहरा पनि सह सचिव बनेका छन् ।
सदस्यहरूमा राजमती ऐर, मञ्जु जोशी, पदम बहादुर शाह, लोकराज पन्त, ज्योति जोशी, टङ्कलाल शर्मा, उमेश प्रसाद जोशी, रमा पन्त, ज्ञानु आग्री, मान बहादुर चन्द, कुशुभ न्यौपाने, कालिराम चौधरी, जनक बहादुर साउद, धर्मराज पण्डित, कर्ण बहादुर बुढा, डम्बर विष्ट, हिरालाल चौधरी, बिरेन्द्र सिह कार्की चयन भएका छन । प्रगतिशील राष्ट्रिय शिक्षक सङ्गठनले महिला उपाध्यक्ष र सह सचिव कोटा पाएपनि कसैलाई सिफारिस गरेको छैन ।
यस्तै गरी नेपाल शिक्षक महासङ्घ पालिकाहरूमा समेत एकसाथ गठन गरिएको छ । बेलडाँडीमा मदन सिह साउदको अध्यक्षतामा कार्य समिति विस्तार गरिएको छ । उपाध्यक्ष जानकी देवी महरा, सचिव दुर्गा प्रसाद जोशी, सह सचिव चन्द्रदत्त भट्ट, कृष्ण सिह धामी, खेम बहादुर विष्ट, टेकेन्द्र प्रसाद जोशी, बेलौरीमा प्रेम प्रसाद अधिकारी अध्यक्ष, मान बहादुर बिक सह अध्यक्ष, राम स्वरुप चौधरी उपाध्यक्ष, मिना कुँवर महिला उपाध्यक्ष, टेकसिंह विष्ट सचिव, जनक भट्ट, भवानी चौधरी, हेमराज जोशी, मान बहादुर क्षेत्री, ओम प्रकाश राना, खुसी राम चौधरी, मोहन चन्द सह सचिव भएका छन् ।
पुर्नवासमा जय बहादुर बडै अध्यक्ष, युवराज सयन सह अध्यक्ष, काली नेपाली उपाध्यक्ष दिल मायाविक महिला उपाध्यक्ष, नवराज ओझा,जनक बहादुर सिह, चाण्डी प्रशाद सुवेदी, दिपक प्रशाद पोखरेल, दिपक सार्की सह सचिव बनेका छन । लालझाडीमा मंगल प्रंशाद चौधरी अध्यक्ष,राम प्रशाद राना सहअध्यक्ष, रुपा धामी महिला उपाध्यक्ष सचिव लक्ष्मी प्रशा सोती र सह सचिव सुमन राना, टेकराज जोशी, सिदु राना, नारायण साउद, कमल प्रशाद चौधरी, हरिस महरा, जोगिलाल डगौरा रहेका छन् । कृष्णपुरमा पुरन सिह बोगटी अध्यक्ष, दिपक राज भट्ट सहअध्यक्ष, सह सचिव मिन बहादुर कठायत, सह सचिव घनश्याम खडका, हेमराज पन्त, रमेश ढाँट, शुक्लाफाँटामा गोबिन्द बहादुर ढाँट अध्यक्ष, पदम बहादुर साउद सहध्यक्ष, नर बहादुर महरा उपाध्यक्ष, कौशिला वली महिला उपाध्यक्ष, राजेन्द्र बहादुर ऐर सचिव, चेतराज बोगटी, कलावती भण्डारी(शाहु), खडक नेपाली, लक्ष्मी ढकाल, उत्तम ओड सचिव बनेका छन् । बेदकोटमा रण बहादुर दौल्याल अध्यक्ष, शिवदत्त विष्ट सहअध्यक्ष, राधिका महिला उपाध्यक्ष, गणेश बहादुर धानुक सचिव, सह सचिव प्रेमसिह भण्डारी, खगेन्द्र प्रसाद पन्त, शुशिला बोहरा, महेशराज भट्ट, सिद्धराज भट्ट,लोक बहादुर पातली, हरिदत्त भट्ट, धन बहादुर रोकाया रहेका छन् ।
भीमदत्त नगरमा दिवाकर जोशी अध्यक्ष, गोपाल दत्त जोशी सहअध्यक्ष, नवराज जोशी उपाध्यक्ष, सहसचिव लोकेन्द्र सिह साउद, रामदत्त विष्ट, अन्जु उपाध्याय, मिनासुरी कार्की, अभयराज जोशी, भागरथी भट्ट, चन्द्र बहादुर कुँवर रहेका छन् । दोधाराचाँदनीमा उदय बहादुर रावत अध्यक्ष, तारासिह रोकाया सह अध्यक्ष, अमर बहादुर बस्नेत उपाध्यक्ष गंगा राना महिला उपाध्यक्ष, तर्कराज भट्ट सचिव, विष्णूदत्त भट्ट, यशोदा जोशी, पुष्कर राज ओझा, मोहन भाट नारद दत्त भट्ट सहसचिव भएका छन् ।
नेपाल शिक्षक महासंघका केन्द्रीय प्रतिनिधी एव राष्ट्रिय शिक्षक सङ्गठन सुप प्र्रदेशका इन्चार्ज तुल बहादुर थापाको प्रमुख आथित्यमा नेपाल शिक्षक सङ्घ जिल्ला अध्यक्ष बिरेन्द्र सिह भण्डारी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अध्यक्ष बेद प्रकाश उपाध्याय, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला अध्यक्ष गोबिन्द बहादुर टाँढ, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अध्यक्ष लाल बहादुर शाही, अखिल नेपाल शिक्षक सङ्गठन अध्यक्ष पुष्पमणी जोशी, अखिल नेपाल शिक्षक संघका अध्यक्ष टेकेन्द्र शाह, अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अध्यक्ष धनसिह महरा र नेपाल विद्यालय कर्मचारी परिषद अध्यक्ष ईन्द्र कार्की सहितको उपस्थितिमा एकै पटक जिल्ला र पालिका शिक्षक महासङ्घ घोषणा गरिएको छ । उक्त कार्यमा जिल्लामा कृयाशिल शिक्षक सङ्घ संगठनहरुको शिक्षकको एकता, सहकार्य, सदभाव, पेशागत एकजुटदेखि शिक्षा सुधारका लागि प्रतिबद्धता भएको प्रतिज्ञा गरेका छन् ।