सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त नगरले मनायो विश्व पर्यटन दिवस

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले पनि होटेल व्यवसायी सङ्घ कञ्चनपुर, उद्योग वाणिज्य सङ्घ कञ्चनपुर, नेचर गाइड एशोसियसन शुक्लाफाँटाको सहयोगमा विविध कार्यक्रम गरेर विश्व पर्यटन दिवस मनाएको छ । नगरपालिकाको वडा नम्बर ०४ स्थित सिद्धनाथ मन्दिर परिसरमा सरसफाइ गर्नुपर्छ भन्ने सन्देश दिन सरसफाइ गरेको छ । 

यस्तै पश्चिमी सीमानाका गड्डाचौकी स्थित अध्यागमन कार्यालय पुगेका पहिलो पर्यटकलाई स्वागत सम्मान सहित हात्ती सफारी गराएको हो । नगरपालिकाले फ्रान्सेली नागरिक (पर्यटक) डा. सब्रिना डिजेलालीलाई खादा, माला र राष्ट्रिय ढाका टोपी लगाइदिएर स्वागत गरेको छ । 

Mahakali Polytechnic

पर्यटनले हामीलाई जोड्ने काम गर्छ भन्दै देश विकासका लागि पर्यटन विकास आवश्यक रहेको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले बताए । ‘हामीले आज एक दिन पर्यटकसँग राम्रो व्यवहार गरेर मात्र हुँदैन् । पर्यटकहरूलाई हामीले संधै सम्मान गर्न सक्नुपर्छ ।’ नगरप्रमुख बोगटीले भने ‘देश विकासका लागि पर्यटन विकास गर्नु आवश्यक छ । 

World Link Ads

Sana Kishan

त्यसका लागि हामीले आ–आफ्नो क्षेत्रबाट लाग्न जरुरी छ ।’ न रहेको भन्दै सहभागीहरूले प्रशंसा समेत गरेका थिए । खेलाडीहरूले समेत सम्मानबाट थप प्रेरणा मिलेको बताएका छन् ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds