Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आज राष्ट्रिय शिक्षा दिवस : गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ आश्विन २, बुधबार ०७:४४
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – आज राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । गएको वर्षदेखि सरकारले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा मनाउन थालेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ यो वर्ष हप्ताभरि देशैभर शिक्षा दिवस मनाउन लागिएको हो ।

शिक्षा दिवसको मूल समारोह प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख उपस्थितिमा हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिसहित विभिन्न उपसमिति गठन भएका छन् ।

राष्ट्रिय शिक्षा दिवस, २०८१ को अवसरमा उत्कृष्ट सार्वजनिक (सामुदायिक) तथा निजी लगानीका विद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका प्राविधिक शिक्षालय, विश्वविद्यालयका उत्कृष्ट क्याम्पस र सामाजिक सङ्घसंस्थालाई राष्ट्रिय स्तरमा पुरस्कृत गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, प्रधानमन्त्री ओलीले पिछडिएका वर्ग,क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवम् अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ ।

‘राष्ट्रिय शिक्षा दिवस, २०८१’ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रका लागि बजेट बढाउँदै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था
देश/राष्ट्रिय

शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

२०८१ आश्विन २, बुधबार ०७:४४
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
देश/राष्ट्रिय

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

२०८१ आश्विन २, बुधबार ०७:४४
राजनीति छोड्नेबारे आमासँग सोधे रेशम चौधरी, आमाको भावुक जवाफ : “अब त झन् छोड्नुहुन्न”
देश/राष्ट्रिय

राजनीति छोड्नेबारे आमासँग सोधे रेशम चौधरी, आमाको भावुक जवाफ : “अब त झन् छोड्नुहुन्न”

२०८१ आश्विन २, बुधबार ०७:४४

Discussion about this post

नयाँ प्रकाशित

यी सात मानिसले खानै हुन्न उखुको जुस

यी सात मानिसले खानै हुन्न उखुको जुस

२०८१ आश्विन २, बुधबार ०७:४४
भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

२०८१ आश्विन २, बुधबार ०७:४४
शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

२०८१ आश्विन २, बुधबार ०७:४४
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

२०८१ आश्विन २, बुधबार ०७:४४
सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो

रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद

२०८१ आश्विन २, बुधबार ०७:४४
सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

२०८१ आश्विन २, बुधबार ०७:४४

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व