सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

“बुढी पोल्ल्या” चलन

राजु चन्द, कैलाली – “ओल्के” संकराति (सिंह संक्रान्ती) का दिन हालेको (राखेको) ‘बुढी’ आज असौज्या संकराति (कन्या संक्रान्ती) का साँझ ‘पोल्ले’ चलन हमरो पश्चिम् पहाडी जिल्लान् माँई रे ‘खतडुवा’ नामले कुमाँउ गढवाल तिर धुमधाम सित मनौंन्या ऐतिहासिक लोक-परम्परा छ।

आजकि सँन्ज्या बेला विभिन्न काठ-दाउराको दियालो (मशाल) रे घाँस-कांस को मुठो बांधी, फुल राखी त्रिशुल अकारको तीन चुल्ठे ‘साडो’ (साडो- केही अशुभ अथवा असुरी शक्तिलाई बढार्न प्रयोग गरिने साधन भन्ने अर्थमा) बनाई बरे गाउँ घरका गाईगोठ भितर मशाल को उज्यालो सङ सङै लैझाई बरे “भाईर निकल बुढी, भाईर निकल बुढी” भन्नाईं अशुभ रे असुरी शक्ति लाई झाडो लगाई, गाई-वस्तुको गोठ साडि बरे, तोई मशाल घर वरिपरि, कन्यौली-आंगन पुराई घुमांई, लैझाई बरे “बुढी पोल्ल्या” चलन छ।

द्वापर युग कि ‘पुतना’ लाई क्रूरता कि प्रतिक माणी बरे बुढी हालेको र पोलेको भन्न्या जन विश्वास रै आएको छ। यो परा-पुर्व देखि चली आएको लोक पर्व को कथाको लै आफ्नोईं महिमा र महत्त्व छ।

सिङ्गो द्वापर युग कृष्ण-लिला प्रधान युग थ्यो! “अधर्म को नाश, धर्मको पुनर्स्थापना” ‘पुतना’ एक अशुभ स्त्री का रुपमाँई याँ जलौन्या उपक्रम भयो हो जसो लागन्छ। जंस्या आजि लै भौत ठौर नवरात्री पाछा दशैं का बेला राबण जलाईन्या उपक्रम जारी छ।।

Mahakali Polytechnic

पुतना भयंकर क्रूर, कामुक रे बिशाल ज्यान कि बलशाली स्त्री का रुपमांई चित्रण गरिएकी छ। जैले त्यो कालखण्डमांई कंसको सल्लाहले बालक उमेरमै कृष्णलाई आफनो बिषालु दूध चुसाई मार्ने षढयन्त्र गरेकी हुन्छे।अन्तमाँई कृष्णले पुतनाको बिषालु दूध चुस्दै चुस्दै, पुतनाकै प्राण समेत चुसेर सखाप पाडेको किंवदन्ती रे पुराणमाँई कहानि छ। मृत्यु पश्चात् गोकुलका ग्वालान्ले पुतना जलाएको दिन रे असोज संकरातिको तिथि एकै थ्यो!

World Link Ads

अशुभ स्त्री, ‘पुतना’ को बध गरि आफू स्वयं रे अरु सपै बालकको रक्षा श्री कृष्णले गरेको कथा ले “पुतना को प्रतिक” बुढी पोल्या पाछा, गाईवस्तु को गोठ साडो लाया पाछा, लोक जिवनले हरेक रोग-ब्याध बठेई आफू रे आफनो गोठ, पांण, पशु धन सपै सुरक्षित भएको आत्म बिश्वास बाँधेको हुन्छ..! आफुलाई सुरक्षित महसुस गरेको हुन्छ..! अनि केही मिठा, निका पकवान पकाई बरे खान्या गरिन्छ । ईसाई गैला जन बिश्वासुन् मांई हमरो लोक परम्पराहरु जिवित् रएका छन्।

Sana Kishan

लोक जिवनमाँई ईन पर्वुन् को अत्यन्तै गहिरो र अन्योन्याश्रित सम्बन्धको कडि खोज्ज अलि गारो छ एई एकै स्यानो लेखमाँई..! जानिफकार बैतडान् ले ईसा बिषयमाँई कलम चलुन् जरुडी छ जसो लागन्छ।

अघिल्ला युगका पौराणिक कथा, कथा का पात्र रे ति कल्पनान् ले हमरा पुर्वजुन् लाई कंस्या प्रत्यक्ष प्रभावित गर्‍यो होला.? कि तत्कालीन जनजीवनलाई आजको डिजिटल युग जसो अन्य भौतिकता तिर बिषयान्तर होई बरे सोच्च्या रे जीवन जिउन्या शैलीको ठोस् विकल्पको अभावले होलो.? किमार्थ, प्रकृति रे पौराणिक कथाहरू प्रतिको गैलो आस्था रे बिश्वास ले होलो..?

तत्कालीन लोक जिवनले बिगत युगको चित्र, पात्र अनि घटनाक्रम लाई आफनो मानसपटलमा कंस्या राखि बरे ब्यबहारिक रुपमाँई मान्नोई आयो होला.? जुन कुरडी आज पर्यन्त चली रैछ। कृष्ण लिला को युग कि पुतना गाउँ घर को गाईगोठ सम्म आई रन्छीन् त.? अनि असोज एक गतेकै तिथिमा जलुन पड्ड्या चलन चल्यो होला त..? यिनै प्रश्न एक सुचक मात्रै होई सक्कान् अद्यावधिक अध्ययन रे अनुसन्धान कि लेखा.!

भौत ठूलो संख्या माँई बड्डोई गएको बसाइँसराइ संगै छुट्दै गएका गाउँ बस्ती संङै छुटेको तो थात्-थलो माँई बिछोडिएका मान्सको झिक्कै कुरडी छुट्दै झान्छी।। अब कि अस्त-ब्यस्त जीवनशैली का दिनुन् पुरानी चाल- चलन, बोलि-भाषा, रिति-रिवाज नयाँ पुस्तालाई यथार्थपरक, समय सापेक्ष बुज्झ्या गरि हस्तान्तरण गद्दु बिस्तारै झिक गाह्रो हुनोंई गयो।

आब यिन कुरा बिस्तारै लोप हुंनाई झान्या हुनकि भन्न्या लागन्छ.! केइ भण्या, “बुढी पोल्ले” पर्व को प्राकृतिक बिशेषता और पर्वुन् का है आफैमा फरक छ । गो:रा, तिज, दशै, तिहार, बिशु जसा पर्व नेपाली दाजुभाइ संसार भरी जाँ जाँ पुग्या लै मनाएर रमाउने चलन बढेको रमाइलो पक्ष छ।

तर, बुढी पोल्ले पर्वकि रिति अन्सार: निश्चित ठौर बाहेक फरक परिवेशमाँई अन्यत्र मनाउन अलि गाह्रो लै छ।। जंस्या और पर्व पहाडी बठेई तराई हुनाईं अन्यत्र देश-बिदेश फैलिए पनि “बुढी पोल्ने” पर्व पहाडै रयो..!

जि जसो भया लै दैविय शक्ति को पुजा, आराधना रे उपासना अनि असुरी शक्ति को नाश गद्द्या, पाप रे धर्मको उपक्रमलाई हमरो तत्कालीन लोक जिवनले आफनो जीवनशैली को एक अनिवार्य हिस्सा माण्यो र इसैलाई लोक-जिवनको जिउने-रमाउने आधार बनायो।
सायद, ईसैको निरंतरता हो ‘बुढी पोल्ले’ पर्व।।
जय देवभुमी बैतडी..!!!
तेरो जय जय होस्..!!!

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds