Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निजी क्षेत्रलाई अघि नलगाएसम्म उत्पादकत्व वृद्धि हुँदैन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ आश्विन १, मंगलवार १७:५७
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपालको सरुवातकालीन कृषि विज्ञ शिवबहादुर नेपाली प्रधानको अंग्रेजी पुस्तक ‘नेपाल स्पिक्सः सोसल कन्सियस अर्डर’ सार्वजनिक भएको छ।
ललितपुरमा आयोजित एक कार्यक्रममा पूर्वप्रशासक तथा कुटनीतिज्ञ सूर्यप्रसाद श्रेष्ठले प्रधानको पुस्तक ‘नेपाल स्पिक्स’को विमोचन गरे।

पुस्तकबारे टिप्पणी गर्दै पूर्वआयुक्त तथा राजदूत श्रेष्ठले लेखक प्रधानले ‘कुनै नेपाली भोको नहोस्, बेरोजगार नहोस्, र निरक्षर नहोस्’ भन्ने कथन साह्रै घतलाग्दो गरी पुस्तकमा प्रस्तुत गरेको बताए। ‘सबै नेपालीको पेट भर्ने, रोजगारी दिने र साक्षर बनाउने आधार के–के हुन सक्छन् भन्ने पनि पुस्तकमा बुँदासहित आएको छ,’ श्रेष्ठले भने। नेपालको कृषि क्षेत्रमा लेखक प्रधानको अतुलनीय योगदान रहेको बताउँदै श्रेष्ठले पुस्तक नयाँ नेपाल बनाउने एउटा आधार हुनसक्ने बताए।

पुस्तकमा नेपालको इतिहास, राजनीति, अर्थतन्त्र र कृषि क्षेत्रको संक्षिप्त चित्र प्रस्तुत भएको टिप्पणी गर्दै पत्रकार रमेश लम्सालले नेपालको व्यवहारिक विकास कसरी गर्ने भन्ने विषयमा पुस्तक एउटा मार्गचित्र भएको बताए। ‘कृषिको मात्रै होइन नेपालकै विकास कसरी गर्न सकिन्छ भन्ने प्रस्तावना पुस्तकमा छ,’ लम्सालले भने, ‘उत्पादकत्व बढाउन ध्यान दिनुपर्ने विषयलाई पुस्तकमा मिहिन रूपमा केलाइएको छ।’

विकासको राष्ट्रिय प्राथमिकता के हुनुपर्छ, त्यसलाई कार्यान्वयन गर्ने तल्लो निकायमा के–के गर्नुपर्छ भन्ने सूची नै तथा माथ्लो तहका योजना आयोगजस्ता निकायले के कसरी काम गर्नुपर्छ भन्ने प्रस्तावना पनि किताबमा आएको उनले बताए। ‘निजी क्षेत्रलाई अघि नलगाएसम्म देशमा उत्पादकत्व वृद्धि हुँदैन भन्नेमा लेखकको विषेश जोड छ,’ उनले भने।

कृषि क्षेत्रको विकासमा शिवबहादुर नेपालीको उच्च योगदान रहेको चर्चा गर्दै कृषिविद् कृष्णकुमार पाँडेले जिल्लाको वस्तुस्थिति बुझेर व्यवहारिक निर्णय गर्ने र परिणाममुखी काम गर्ने अधिकृतका रूपमा उनलाई आफूले पाएको बताए। ‘नेपालमा कृषिमा साँच्चै नै क्रान्ति नै भएको छ र त्यो क्रान्ति उहाँहरुजस्ता विज्ञकै योगदानले सम्भव भएको हो,’ पाँडेले भने।

प्रधान परिआएको बेला, परिआएको जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्ने कर्मचारी रहेको बताउँदै टिप्पणीकर्ता महेश्वर आचार्यले नेपाललाई आवश्यक उनीजस्तो जनशक्ति धैरभन्दा धेरै चाहिने भए पनि कार्यकर्ता पोस्ने र विज्ञलाई पाखा लगाउने परिपाटीले प्रधानजस्तो मान्छे ओझेलमा परेको बताए। ‘विज्ञले नेताको मनस्थिति हरेर आफ्ना अनुकूलतामा बोल्ने परिपाटीमा उहाँजस्तो मान्छे एक्लो वृहस्पति सरह भएका छन्,’ आचार्यले बताए।

प्रधानको यसअघि प्रकाशित ‘कृषिमा मेरो बाटो’ हरेक युवाहरुले पढ्नुपर्ने प्रेरणात्मक पुस्तक भएको र यो पुस्तक नीतिगत तहमा कार्यरत सबैलाई मार्गदर्शक भएको उनले बताए। निर्वाहमुखी कृषिलाई कसरी दिगो बनाउन सकिन्छ भन्नेतर्फ प्रधानले सुरु गरेका योजना अझै पनि विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए।

प्रधानले नेपालमा पहिलो पटक दाना बनाउने काम, च्याउ खेती सुरुवात गर्ने काम गरेका थिए। नेपालमा वर्षाको रेकर्ड राख्ने काम पनि उनैले कीर्तिपुर बागबानी कार्यालयबाट सुरु गरेका हुन्। पहिलो कृषि योजना पनि उनकै अगुवाइमा बनेको थियो। त्यस्तै, पश्चिम नेपालमा स्याउ खेती प्रवद्र्धनमा उनको ठूलो योगदान छ। ‘एक लाख बोट स्याउका बिरुवा भारतबाट ल्याएर पश्चिम नेपालको जुम्लामा पुर्‍याएको उनको अनभुव अझै पनि विकास क्षेत्रमा कार्यरतहरूका लागि एउटा केस स्टडी जस्तो छ,’ उनले भने, ‘हामी स्टार्टअप र दिगो विकासको कुरा गर्छौं। ककनीमा मुला खेतीलाई दिगो बनाउन उहाँले गर्नुभएको स्थानीय किसान र कृषि कार्यालयको सहकार्य अहिले पनि अनुकरणीय उदाहरण हो।’

‘उहाँ जगेडामा पर्नु भएपछि अवसर र समयको सदुपयोग गर्दै बेलायतको रिडिङ युनिभर्सिटी पढ्न जानुभएछ। उहाँले त्यहाँ विकास गर्नुभएको पहाडी विकासको अवधारण अहिले पनि उत्तिकै सान्दर्भिक छ। खासमा नेपालको कृषि विकासको अपरिहार्य मोडेल नै त्यही हो। त्यही अवधारणमा आखिरमा इसिमोड पनि स्थापित भएको छ। उहाँले जुन खाका नेपालजस्तो पहाडी मुलुकको विकासको आधार पहिचान गर्नुभएको थियो, इसिमोडको पनि त्यही उद्देश्य छ। यसले उहाँको दीर्घकालीन सोचको पुष्टि हुन्छ,’ आचार्यले भने। उपहार खबर बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ
देश/राष्ट्रिय

लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

२०८१ आश्विन १, मंगलवार १७:५७
आज बजेट सार्वजनिक हुँदै
देश/राष्ट्रिय

प्रदेश सरकारले आज बजेट ल्याउँदै : केहीले सांसदलाई पनि बजेट छुट्टाउँदै

२०८१ आश्विन १, मंगलवार १७:५७
गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति पुर्वी क्षेत्र साउदी अरबको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा लामा
देश/राष्ट्रिय

गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति पुर्वी क्षेत्र साउदी अरबको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा लामा

२०८१ आश्विन १, मंगलवार १७:५७

Discussion about this post

नयाँ प्रकाशित

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

२०८१ आश्विन १, मंगलवार १७:५७
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

२०८१ आश्विन १, मंगलवार १७:५७
भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

२०८१ आश्विन १, मंगलवार १७:५७
लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

२०८१ आश्विन १, मंगलवार १७:५७
आज बजेट सार्वजनिक हुँदै

प्रदेश सरकारले आज बजेट ल्याउँदै : केहीले सांसदलाई पनि बजेट छुट्टाउँदै

२०८१ आश्विन १, मंगलवार १७:५७
आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै, नेपालको खेल भोलि

आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै, नेपालको खेल भोलि

२०८१ आश्विन १, मंगलवार १७:५७

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व