सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त नगरपालिकाले ५७५ जना ज्येष्ठ नागरिकलाई वितरण गर्यो छाता र टर्च 

कञ्चनपुर – कञ्चपुरको भीमदत्त नगरपालिकाले ज्येष्ठ नागरिकहरूलाई छाता र टर्च लाइट वितरण गरेको छ ।

नगरपालिकाले ८६ वर्ष उमेर भन्दा माथिका ५७५ जना ज्येष्ठ नागरिकहरूलाई छाता र टर्च वितरण गरेको नगरप्रमुख पदम बोगटीले बताए । ‘वर्षातको समयमा विषालु सर्प, कीरा फट्याङ्ग्रा र अँध्यारोमा लड्ने, चिप्लने लगायतको जोखिम रहने भएकोले नगरपालिकामा रहनुभएका ८६ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरूलाई छाता र टर्च लाइट वितरण गरिएको हो ।’

उनले भने ‘नगरपालिकाले १९ वटै वडा कार्यालयमा ज्येष्ठ नागरिकहरूको सङ्ख्या अनुसार छाता र टर्च लाइट पठाई सकेको छ । केही वडामा वितरण गरिसकिएको र बाँकी रहेका वडामा छिट्टै वितरण हुन्छ ।’ 

वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १० मा क्रमश २०, ३६, ३०, २१, २०, ३४, ४०, ४३, ३६, ६७ जना ज्येष्ठ नागरिकहरूलाई छाता र टर्च लाइट वितरण गरिएको छ ।

Mahakali Polytechnic

यस्तै वडा नम्बर ११, १२, १३, १४, १५, १६, १७, १८ र १९ मा क्रमश २१, १९, १६, २०, २५, १६, २०, ६७, २४ जना गरि ५७५ जना ज्येष्ठ नागरिकहरूलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ । छाता र टर्च पाएपछि ज्येष्ठ नागरिकहरूले खुशी व्यक्त गर्दै नगरपालिकालाई धन्यवाद व्यक्त गरे । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.