कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका -०३ दैजी स्थित वेदकोट सामुदायिक पुस्तकालयमा पुस्तक अध्ययन तथा छलफल कार्यक्रम
सम्पन्न भएको छ। १७ औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा शनिबार उक्त कार्यक्रमको आयोजना गरिएको थियो।
बालबालिका, युवा तथा ज्येष्ठ नागरिकहरूलाई पढ्न प्रेरित गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको वेदकोट सामुदायिक पुस्तकालयका कोषाध्यक्ष राकेश बहादुर चन्दले बताएका छन्।
Discussion about this post