कञ्चनपुर – कञ्चनपुर मण्डी व्यवसायी सङ्घको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार सम्पन्न उक्त कार्यक्रममा कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारको सभापतित्व रहेको थियो भने भीमदत्त नगरपालिका वडा नम्बर -०४ का वडा अध्यक्ष शुसिल कुमार बोहराको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशका सल्लाहकार एवम् नेपाल भारत मैत्री सङ्घ कञ्चनपुरका अध्यक्ष कृष्ण प्रसाद पाठक र उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका महासचिव खगेश्वर प्रसाद बोहराको विशिष्ट आतिथ्य रहेको थियो।
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशका सल्लाहकार एवम् नेपाल भारत मैत्री सङ्घ कञ्चनपुरका अध्यक्ष कृष्ण प्रसाद पाठकले महेन्द्रनगरस्थित सब्जी मण्डी कञ्चनपुरको प्रमुख बिक्री वितरण गर्ने केन्द्र रहेको बताउँदै अझ व्यवस्थित हुनुपर्ने बताए। त्यसैगरी उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका महासचिव खगेश्वर प्रसाद बोहराले तरकारी विक्रि वितरण गर्ने किसानहरूलाई समस्या परेको खण्डमा उद्योग वाणिज्य सङ्घ सहयोग गर्न तत्पर रहने बताए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् भीमदत्त नगरपालिका वडा नम्बर -०४ का वडा अध्यक्ष शुसिल कुमार बोहराले मण्डी भित्रका सम्पूर्ण समस्याहरूको बारेमा परिचित भएको बताउँदै ति समस्याहरू न्यूनीकरणतर्फ लाग्ने प्रतिवद्धता गरेका छन्।
कार्यक्रमको समापनमा बोल्दै कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले व्यवसायले नै राष्ट्रलाई मजबुत बनाउने भएको हुँदा सबै व्यवसायीलाई समान इज्जत मिल्नुपर्ने बताए। साथै उनले मण्डी भित्रका समस्याहरू न्यूनिकरण गर्न आफू सँधै तत्पर रहने प्रतिवद्धता समेत गरेका छन्।