सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त ११ का महिला स्वास्थ्य स्वयमसेविका र सहयोगीलाई साइकल वितरण

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडा कार्यालयले महिला स्वास्थ्य स्वयमसेविका र कार्यालय सहयोगीलाई साइकल वितरण गरेको छ । भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयले महिला स्वास्थ्य स्वयमसेविका र कार्यालय सहयोगीलाई साइकल वितरण गरेको हो । 

भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकाश थापाले गत आर्थिक वर्ष ०८०-०८१ कै योजना अनुरूप वडा कार्यालयले महिला स्वास्थ्य स्वयमसेविका र कार्यालय सहयोगीलाई साइकल वितरण गरेको बताए । वडाध्यक्ष थापाले ९ महिला स्वास्थ्य स्वयसेविका र २ महिला कार्यालय सहयोगीलाई एक-एक साइकल वितरण गरिएको बताए । 

वडाध्यक्ष थापाले महिला स्वास्थ्य स्वयमसेविका र सहयोगी कर्मचारीहरूलाई दैनिक कामकाजमा सहजता भएको बताए । साइकल पाएपछि महिला स्वास्थ्य स्वयमसेविका र महिला कार्यालय सहयोगी कर्मचारी हर्षित भएका छन् । उनीहरूले दैनिक कार्यालय आउनदेखि जनताको काममा खटिन सहज भएको बताएका हुन ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.