कञ्चनपुर – उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले होटल व्यवसायी सङ्घ कञ्चनपुरका नव निर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन तथा परिचयात्मक कार्यक्रम गरेको छ ।
हालै सम्पन्न सङ्घको निर्वाचनबाट निर्वाचित सङ्घका पदाधिकारी र सदस्यहरूलाई सोमबार सङ्घमा कार्यक्रम गरी स्वागत, बधाई ज्ञापन तथा परिचयात्मक कार्यक्रम गरिएको छ । सङ्घका अध्यक्ष पिताम्बर जोशीको अध्यक्षतामा कार्यक्रम गरिएको छ । कार्यक्रममा सङ्घका अध्यक्ष जोशीले सबै उद्योगी व्यवसायीहरू एक भएर अघि बढ्नु पर्ने, पर्यटन प्रवर्द्धनमा होटल व्यवसायीको अहम् भूमिका हुने उल्लेख गरे ।
सङ्घका नव निर्वाचित रामचन्द्र रेग्मीले सङ्घ अलग भए पनि सम्पूर्ण व्यवसायी एकै भएको र हामी सँधै उद्योग वाणिज्य सङ्घ सँग सहकार्य गरी अघि बढ्ने बताए ।
कार्यक्रममा सङ्घका पूर्व अध्यक्षहरू ऋषिराम खरेल, माधव प्रसाद भट्ट, हेमराज पाण्डेय, होटल व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष जगदिश चन्द्र भट्ट लगायत होटल व्यवसायी सङ्घका नव निर्वाचित पदाधिकारीहरू र सङ्घका पदाधिकारीहरू सहभागी भएको सङ्घका कार्यकारी अधिकृत हेमराज भट्टले जानकारी दिए ।सङ्घका सचिव राहुल भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।