सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वडाध्यक्ष प्रकाश थापाको समाजिक योजना : वडावासीको मृत्यु भए दाहसंस्कार खर्च ५ हजार, शिशु जन्मिए स्याहर खर्च

 कञ्चनपुर – कञ्चनपुरको एक वडा कार्यालयले नवजात शिशु स्याहर खर्च र दाहसंस्कार खर्च दिने भएको छ । भीमदत्त नगरपालिका नम्बर वडा ११ कार्यालयले वडाबासीलाई शिशु जन्मिए पश्चात नवजात शिशु स्याहर खर्च र वडावासीको मृत्यु भए दाहसंस्कार खर्च दिने भएको हो । 

चालु आर्थिक वर्ष ०८१-०८२ देखि वडा कार्यालयले शिशु स्याहार र दाहसंस्कारका लागि अन्त्येष्टी खर्च दिने निर्णय गरे अनुरूप रकम उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ । भीमदत्त नगरपालिका -११ का वडाध्यक्ष प्रकाश थापाले शिशु स्याहारका लागि शिशु जन्मिने बित्तिकै प्रतिशिशु २ हजार रुपैयाँवडावासीको मृत्यु भएका अन्त्येष्टीका लागि ५ हजार रुपैयाँ रकम उपलब्ध गराउने बताए । 

वडाध्यक्ष थापाले वडाका नागरिक विपन्न, गरिब भएकाले शिशु जन्मिए पोषण खानेकुरा नहुँदा कुपोषित हुने र वृद्धि विकासका समस्या हुने भएकाले शिशु जन्मिए पश्चात शिशुको स्याहारका लागि रकम उपलब्ध गराएको र मानिसको मृत्यु भएमा अन्त्येष्टीका लागि दाउरा उपलब्ध नहुँदा दाउरा खरिददेखि आवश्यक काजकिरियाका लागि सक्दो वडाबाट आर्थिक सहयोग गर्न लागेको बताए । ‘वडाको यो निर्णय हामी साउन १ गतेदेखि नै लागु गछौँ, ‘उनले भने, ‘वडामा शिशु जन्मिएर मानिसको मृत्यु भएका प्रकृया अनुरूप कागजात पुर्याएर  सहयोग रकम उपलब्ध गराउँछौँ ।’ युवा वडाध्यक्ष प्रकाश थापाको उक्त योजनासँगै वडाका विपन्न नागरिक हर्षित भएका छन् । मानिसलाई जन्मदेखि मृत्युसम्मका दुखसुखमा साथ दिन लागेको भन्दै हर्षित भएका हुन् ।  

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.