Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरकः प्रदेश प्रमुख भट्ट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ श्रावण १९, शनिबार ०८:२९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरक रहेको बताउनुभएको छ । मानव अधिकारको विषय सामान्य जस्तो लाग्ने तर अत्यन्त गम्भिर विषय रहेको बताउँदै भट्टले यसको पालनका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुुपर्ने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराले प्रकाशन गरेको प्रदेश कार्यालयको वार्षिक गतिविधि पुस्तिका– २०८०÷८१ ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापना कालदेखि नै महत्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेकोमा खुशी व्यक्त गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार कार्यालय पोखराका प्रमुख प्रमुख नितु गड्तौलाले प्रदेश प्रमुख भट्टलाई वर्ष पुस्तक हस्तान्तरण गर्नुभयो । टोलीले कार्यालयको प्रतिवेदन हस्तान्तरणका साथै मानव अधिकारको समसामयिक अवस्थाका बारेमा जानकारी पनि गराएको थियो ।

‘मानव अधिकार सबैको लागि हो । तर, विशेष रुपले आवाजविहिन र सीमान्तकृत समुदायको लागि मानव अधिकारको मुद्दाले खास अर्थ राख्दछ । अब हाम्रो मुख्य ध्यान यसै दिशामा केन्द्रित हुनुपर्छ ।’ – प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘मानव अधिकार उल्लंघन सूचकांकमा गण्डकी प्रदेश मध्यम स्थानतिर छ । तर, यस्ता घटना हुनै नदिनेतर्फ हामी सजग हुनुपर्नेछ ।’

उहाँले राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार सदैव प्रतिवद्ध रहनुपर्ने भन्दै आयोगलाई भौतिक, साधन र आवश्यक पर्ने बजेट बिनियोजनमा ध्यान दिनुपर्ने पनि बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग जस्ता आयोगको सिफारिसहरु कार्यान्वयन गर्न प्रतिवद्ध रहनुपर्नेमा पनि भट्टले जोड दिनुभयो । आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन गर्न नहुने उहाँको भनाई छ ।

टोलीमा मानव अधिकार अधिकृत टंकप्रसाद खनाल र सरोज गौली, लेखा अधिकृत मुक्तिराम सुवेदी, नायव सुब्बा मुकेश घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

७३ इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चारको चेतावनी : रोयल्टी र बक्यौता तिर्न १५ दिनको अल्टिमेटम
देश/राष्ट्रिय

७३ इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चारको चेतावनी : रोयल्टी र बक्यौता तिर्न १५ दिनको अल्टिमेटम

२०८१ श्रावण १९, शनिबार ०८:२९
लोप हुँदै गएको ‘न्वालो’ र यसको संरक्षणको आवश्यकता
देश/राष्ट्रिय

लोप हुँदै गएको ‘न्वालो’ र यसको संरक्षणको आवश्यकता

२०८१ श्रावण १९, शनिबार ०८:२९
सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस
देश/राष्ट्रिय

सिद्धिविक्रम शाह एआईजी बढुवाका लागि सिफारिस

२०८१ श्रावण १९, शनिबार ०८:२९

Discussion about this post

नयाँ प्रकाशित

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

ब्रिक्सटन कलेजद्वारा आयोजित वैज्ञानिक लेखन र प्रकाशन तालिम सम्पन्न

२०८१ श्रावण १९, शनिबार ०८:२९
देशमा मौसमी प्रभाव : आज यी स्थानमा छ वर्षाको सम्भावना

आज देशकया यी ठाउँमा छ वर्षाको सम्भावना

२०८१ श्रावण १९, शनिबार ०८:२९
मधुमेहका बिरामीले कसरी खाने आँप ?

मधुमेहका बिरामीले कसरी खाने आँप ?

२०८१ श्रावण १९, शनिबार ०८:२९
खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

खाली पेट चिया र बिस्कुट किन खानुहुँदैन ?

२०८१ श्रावण १९, शनिबार ०८:२९
आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित

आईपीएल क्रिकेटमा हैदराबादसँग बेङ्गलुरु ४२ रनले पराजित

२०८१ श्रावण १९, शनिबार ०८:२९
कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै

कञ्चनपुरको लक्ष्मी माविले सरोकारवालासँग छलफल गरेर गुरुयोजना बनाउँदै

२०८१ श्रावण १९, शनिबार ०८:२९

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व