कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर -०७ सुडामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडमा कार्यरत टेक बहादुर चन्दले छोरीको जन्मदिन अनाथालयमा मनाएका छन्।
उनले आफ्नी छोरी माल्भिका चन्दको छैटौँ जन्मदिनको अवसरमा महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयमा रहेका अनाथ बालबालिकालाई रात्रिभोजका साथै शैक्षिक सामग्री वितरण गरेका छन्। । पछिल्लो समय आफ्नो जन्मदिन होटलमा गएर मनाउने र फजुल खर्च गर्ने परिवेश रहेको अवस्थामा आफूले होटलमा गएर फजुल खर्च गर्न नचाहेर अनाथ बालबालिकालाई रात्रिभोजका साथै शैक्षिक सामाग्री वितरण गरेर जन्मदिन मनाएको उनको भनाइ रहेको छ ।

साथै हरेक युवाहरूले होटलमा गएर आफ्नो जन्मदिन मनाएर खर्च गर्नु भन्दा अनाथालयमा आएर सहयोग गर्न उनले आग्रह गरेका छन् । उक्त कार्यक्रममा नेकपा एमालेकी युवा नेत्री पार्वती जोशी, सुडा रेडक्रस उपशाखाका पदाधिकारी तथा साना किसान कृषि सहकारी संस्थाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

