कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरका दलित, विपन्न युवाहरूलाई वेटर र कुक तालिम दिइएको छ । होटल क्षेत्रमा रोजगारीका लागि भीमदत्त नगरका दलित, विपन्न युवाहरूलाई वेटर र कुक तालिम लिइएको हो ।
भीमदत्त नगरपालिका, रोजगार सेवा केन्द्रको आयोजना एव प्रधानमन्त्री रोजगार कार्यक्रमको आर्थिक एव सिटिजन इन्टरनेसनल होटल म्यानेजमेन्ट कलेजको प्राविधिक सहयोगमा तालिम दिइएको जनाईएको छ ।
उक्त तालिमको बुधबार एक कार्यक्रमका बिच समापन गर्दै भीमदत्त नगरकी उपप्रमुख निलम लेखकले सिकेको सीप स्वदेशमै लगाएर आत्मनिर्भर बन्न सुझाव दिएकी छिन ।
२० जना कुक, २० जना वेटर गरेर ४० युवाहरूलाई दिएको उक्त तालिमका सहभागीहरूले सिकेको सीप सदुपयोग गर्नेमा प्रतिबद्धता जाहेर गरेका छन ।