Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

लागू औषध न्यूनिकरणका लागि सरोकारवालाको प्रतिबद्धता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ असार १२, बुधबार २०:२४
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर  – कञ्चनपुरका सरोकारवाला निकायका प्रतिनिधिले लागू औषध (कुलत) न्यूनिकरणका लागि प्रतिबद्धता जाहेर गरेका छन् । जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिले लागू औषध (कुलत) न्यूनिकरणका लागि प्रतिबद्धता जाहेर गरेका हुन ।

स्वीट नेपालले समाजिक विकास मन्त्रालयको सहयोगमा बुधबार महेन्द्रनगरमा आयोजना गरेको लागू औषध (कुलत) न्यूनिकरणका लागि जिल्ला स्तरीय अभिमुखीकरण तथा न्यूनिकरणका लागि प्रतिबद्धता कार्यक्रममा सहभागि सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिले कुलतलाई जरैबाट उखेल्न आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने संकल्प गरेका छन् । 

स्वीट नेपालका कार्यक्रम संयोजक अमित सुनारले पछिल्ला दिनहरूमा कञ्चनपुर सुदूरपश्चिम सहित देशैभरी लागू औषधको बिगबिगी बढिरहेका बेला न्यूनिकरण गर्न एक निकायको पहलले मात्रै नहुने भएकाले सरोकारवाला नै जागरुक गराउनका लागि कार्यक्रम गरिएको बताए ।गैर सरकारी संस्था कञ्चनपुरका निर्वतमान अध्यक्ष नरेश सिलालले लागू औषधको भ्वाङ नै परेकाले न्यूनिकरणका लागि नागरिक समाजदेखि सरकारी निकाय जागरुक हुनुपर्नेमा जोड दिँदै प्रतिबद्धता जाहेर गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले जिल्लाको लागू औषधको वस्तुस्थिति बारे प्रतिवेदन प्रस्तुत गर्दै न्यूनिकरणका लागि प्रहरीले कथक प्रयास गरिरहेको भन्दै प्रहरीका तर्फबाट प्रतिबद्धता जाहेर गरेका छन् । महिला अगुवा भगवती थापाले लागू औषधको लतबाट सन्तान बचाउन अभिभावक जिम्मेबारी बन्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले लागू औषध निर्मूल पार्नका लागि परिवार, समाज विद्यालयदेखि सरकारी निकाय पुरै जिम्मेबार बन्नुपर्नेमा सुझाव दिएका छन ।जिसस प्रमुख बोहराले बालबालिकादेखि किशोर, किशोरी युवाहरूलाई कुलतबाट बचाउन पालिका सहितका सरकारी निकायले प्रभावकारी योजना ल्याउँनुपर्नेमा जोड दिए ।

जिल्लाका विद्यार्थी संघ संगठन नेवि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी अनेरास्ववियु, प्रजातान्त्रिक विद्यार्थी संघ सङ्गठनहरूका प्रतिनिधिले समेत लागू औषध निर्मूलका लागि प्रतिबद्धता जाहेर गरेका छन् । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले समाजका विविध निकायका प्रतिनिधिसँग लागू औषध न्यूनिकरणका लागि संयुक्त छलफल गरिएको बताए । उनले एकै निकायसँग छलफल गर्दा लागू औषध न्यूनिकरणमा प्रभावकारिता नआउने भएकाले सबै सरोकारवाला निकायसँग छलफल गरेको बताए । कार्यक्रममा सरकारी तथा गैर सरकारी निकाय, युवा विद्यार्थी सहितको सहभागिता रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कन्चनपुर

माध्यामिक विद्यालय गणित-विज्ञान प्रर्दशनी : विज्ञानमा महेन्द्रनगर नमुना मावि (साधारण स्कुल) प्रथम

२०८१ असार १२, बुधबार २०:२४
कञ्चनपुरको महाकाली मोडर्न पब्लिक स्कुलद्वारा वृद्धाश्रमलाई कुर्सी र फलफूल सहयोग
कन्चनपुर

कञ्चनपुरको महाकाली मोडर्न पब्लिक स्कुलद्वारा वृद्धाश्रमलाई कुर्सी र फलफूल सहयोग

२०८१ असार १२, बुधबार २०:२४
कञ्चनपुरको पुनर्वासमा ‘माधव-गौरी प्रतिष्ठान’ स्थापना
कन्चनपुर

कञ्चनपुरको पुनर्वासमा ‘माधव-गौरी प्रतिष्ठान’ स्थापना

२०८१ असार १२, बुधबार २०:२४

Discussion about this post

नयाँ प्रकाशित

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

२०८१ असार १२, बुधबार २०:२४
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

२०८१ असार १२, बुधबार २०:२४
भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

२०८१ असार १२, बुधबार २०:२४
लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

२०८१ असार १२, बुधबार २०:२४
आज बजेट सार्वजनिक हुँदै

प्रदेश सरकारले आज बजेट ल्याउँदै : केहीले सांसदलाई पनि बजेट छुट्टाउँदै

२०८१ असार १२, बुधबार २०:२४
आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै, नेपालको खेल भोलि

आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै, नेपालको खेल भोलि

२०८१ असार १२, बुधबार २०:२४

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व