कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका -०६ ऐठपुरमा रहेको सार्क एजुकेसनल फाउण्डेसनले ‘से नो टु प्लास्टिक क्रिकेट कप’ अभियान आजबाट सुरु गरेको छ।
सार्कले उक्त अभियानमार्फत नेपाल र साउथ अफ्रिका बिच जुन १५ मा विश्वकपमा नेपाल र साउथ अफ्रिका बिचको खेलमा नेपाली टिमका खेलाडीहरूले बनाएको प्रत्येक रनमा १० वटा प्लास्टिक, प्रत्येक चौकामा, २० प्लास्टिक, प्रत्येक छक्कामा ३० प्लास्टिक, अर्धशतकमा ५०० प्लास्टिक र १०० रन बनाएको खण्डमा १००० प्लास्टिक उठाउने निर्णय गरेको थियो।
सोही अनुरूप आजबाट भीमदत्त नगरपालिका भित्रका विभिन्न ठाउँहरूमा प्लास्टिक उठाइन लागिएको सार्क एजुकेसन फाउण्डेसनका प्लस टु संयोजक राजेश भण्डारीले जानकारी दिएका छन् । अभियानमा भीमदत्त नगरपालिकाका विभिन्न ठाउँहरूबाट प्लास्टिक बस्तु उठाइने उनको भनाई रहेको छ। उक्त कार्यक्रममा भीमदत्तका नगर उपप्रमुख नीलम लेखक जोशी समेत सहभागिता हुनुभएको थियो।