सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त नगरपालिकाले ल्यायो १ अर्ब, ९५ करोड बजेट

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष ०८१-०८२ का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । जिल्लाकै जेठो एवम् पुरानो भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको हो । सोमबारदेखि शुरु भएको भीमदत्त नगरपालिकाको १५ औँ नगर सभामा १ अर्ब, ९५ करोड ६९ लाख, ३३ हजार बराबरको बजेट प्रस्तुत भएको छ । 

नगर प्रवक्ता पदमराज अवस्थीले नै नगर सभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आन्तरिक आय तर्फ ३० करोड हुने अपेक्षा गरिएको छ । वित्तिय समानुकिरण संघीय तर्फ २४ करोड, ४१ लाख, प्रदेश तर्फ २ करोड ४० लाख, संघीय तर्फ ससर्त अनुदान ५८ करोड, १३ लाख, प्रदेश तर्फ १ करोड, ९८ लाख, संघीय तर्फ राजस्व बाँडफाँड १८ करोड, ७ लाख, प्रदेश तर्फ ८४ लाख, संघीय तर्फ समपूरक ७५ लाख, प्रदेश तर्फ १ करोड ८६ लाख, संघीय तर्फ विशेष अनुदान १ करोड, प्रदेश तर्फ ५० लाख, समाजिक सुरक्षा ५२ करोड, ५० लाख, सडक बोर्ड १ करोड, क्षेत्रीय शहरी विकास आयोजना २४ लाख र नगद मौज्दात २ करोड आय तर्फ प्रस्तुत गरिएको छ ।

आन्तरिक आयबाट खर्च हुने चालुमा २१ करोड, वडा कार्यालय चालु ७० लाख, विषयत शाखा कार्यक्रम ३ करोड, २५ लाख, नगर विकास कोष १ करोड, भारतीय राजदूतावास म्याचिङ तर्फ २ करोड, विभिन्न कोष तर्फ ४ करोड ५० लाख, राजस्व बाँडफाँड तर्फ वडा कार्यालय चालु ७० लाख, पालिका १८ करोड, ११ लाख र अन्य चालु म्याचिङ १० लाख विनियोजन गरिएको छ । 

पुँजीगत खर्च तर्फ वडातर्फ पुँजीगत १२ करोड ६० लाख, विषयगत शाखा ७५ लाख, सार्वजनिक संरचना मर्मत कोष ५० लाख, नगरस्तरीय पुँजीगत आयोजना तर्फ ४ करोड, ४४ लाख, पुँजीगत म्याचिङ ७ करोड, ५२ लाख, ससर्त अनुदान खर्च ६० करोड, ११ लाख, समपूरक अनुदान २ करोड, ६१ लाख, सडक बोर्ड तर्फ १ करोड र शहरी विकास आयोजना तर्फ २४ लाख विनियोजन गरिएको छ । 

Mahakali Polytechnic

आगामी आर्थिक वर्षमा भीमदत्त नगरपालिकाले केही नयाँ कार्यक्रम सञ्चालन गर्ने योजना ल्याएको छ । नगर प्रवक्ता अवस्थीले ‘मेयर अन द स्पट कार्यक्रम’ एकदमै नयाँ भएको बताए । उनका अनुसार नगर क्षेत्रका दुर्गम क्षेत्र, अति विपन्न दलित, लोपोन्मुख, जाति, द्वन्द्व पीडित, महामारी पीडित, विपद् प्रभावित, हिंसामा परेका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गम्भिर दुर्घटनामा परेका व्यक्ति परिवार, सहारा विहीन बेसहाराको उत्थानका लागि कार्यक्रम सञ्चालन गरिनेछ । 

World Link Ads

यसका साथै बुक फ्रि फ्राईडे कार्यक्रम समेत सञ्चालन गरिने छ । हरेक शुक्रबार विद्यालयमा विद्यार्थीलाई किताब मुक्त गरेर अतिरिक्त कार्यक्रम सञ्चालन गरिनेछ । स्मार्ट हेल्थ, नगरलाई विषादीयुक्त बनाउँदै प्राङ्गारिक मल उत्पादनका कार्यक्रम सञ्चालन गरिनेछन् । नगर प्रवक्ता शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटनका उच्च प्राथमिकतामा राख्दै गत विगतमा अधुरा योजना पुरा गर्दै नगर समृद्धिका योजना प्रभावकारी कार्यान्वयन गरिने बताए ।

Sana Kishan

नगर प्रवक्ता अवस्थीले नगर सभा शुरु भएको र नीति, कार्यक्रम एव बजेट अध्ययनका लागि नगर सभा सदस्यहरूलाई दिएको केही दिनभित्रै पुन नगर सभाको बैठकबाट पारित गरिने बताए । कावा नगर प्रमुख निलम लेखकको अध्यक्षतामा शुरु भएको नगर सभा नगर प्रमुख पदम बोगटी आएपछि नीति, कार्यक्रम, बजेट पारित गरिने प्रवक्ता अवस्थीले बताए । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.