कञ्चनपुर – कञ्चनपुरमा पनि ओलम्पिक दिवस मनाइएको छ । आइतबार बिहान महेन्द्रनगर बजारमा र्याली सहित ओलम्पिक दिवस मनाइएको हो । ओलम्पियन डम्बर दत्त भट्टले हरेक वर्ष जुन २३ तारेखका दिन अन्तराष्ट्रिय ओलम्पिक डे अनुरूप कञ्चपुरमा समेत मनाएको बताए ।
बिहान खुला मञ्च महेन्द्रनगरदेखि बजारमा झण्डा सहित प्रभातफेरी गरिएको छ । सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिलामन्त्री एवम् प्रदेश सभा सदस्य प्रकाश बहादुर रावलको प्रमुख आतिथ्यमा समाजसेवी एव शिक्षाप्रेम प्रेम सिह बोहरा सहितका खेलाडी सहितका सरोकारवालाहरूले दिवस मनाएका छन् ।