Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोस्रो एनआरएनए गोल्डकप प्रतियोगिता भव्यताका साथ सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ असार ८, शनिबार ०७:४४
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिकाश सिंह महता, साउदी अरब: दोस्रो एनआरएनए गोल्डकप २०२४ फुटबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ।

 

ईस्लाम धर्मावलम्बीहरुको ईद ऊल अधाको अवसर पारेर “परं परोपकारार्थं यो जीवति स जीवति” भन्ने मूल मन्त्रका साथ गैरआवासीय नेपाली संघ साउदी अरबले बिगतमा गरिएका आप्रवासी नेपाली श्रमिकहरुका राहत तथा उद्धारका कार्यहरुलाई निरन्तरता दिन एवम् नेपाली फुटबल खेलाडीहरुको हौसला बढाउन आयोजित “ दोस्रो एनआरएनए गोल्डकप-२०२४” फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न हो।

 

प्रतियोगिताको च्याम्पियन किंरात राई यायोक्खा एफसी बनेको छ। भने उपविजेता जोयमह एफसीले किंरात राई यायोक्खा एफसी र

युनाइटेड एफसीले पेनाल्टी शूटआउटमा समरानी एफसीलाई हराउदै तृतीय स्थान हासिल गरेको छ।

 

संघ द्वारा आयोजित उक्त दुई दिने प्रतियोगिता १६ जुनको साँझ सुरु भएर १८ जुनको बिहान समापन भएको थियो। साउदी अरबको पूर्वी सहर अलखोबार स्थित तुक्बा खेल मैदानमा भएको उक्त प्रतियोगितामा २२ वटा फुटबल क्लबहरुले सहभागिताको लागि प्रतिबद्धता जनाएको थियो । जसमा २१ फुटबल क्लबले टिम दर्ता गरेका थिए I प्रतियोगितामा सहभागिताको लागि दर्ता भएको फुटबल क्लबहरु मध्ये २० वटा क्लबहरुको प्रतियोगितामा सहभागी जनाएको आयोजकले बताएको छ।

 

प्रतियोगितामा सहभागी सम्पूर्ण फूटबल क्लब तथा फुटबल टीमलाई यहाँहरुको सौहार्दपूर्ण सहभागिताको लागि आयोजकले कृतज्ञता साथ हार्दिक धन्यवाद दिएको छ। भने उक्त प्रतियोगिता आयोजना सफलतापूर्वक सम्पन्न गर्नका लागि चित्र कुमार चाम्लिङ राईको सयोजकत्वमा संघका खेलकुद समिति मातहत रहने गरि खेलकुद उपसमिति गठन गरिएको थियो I

 

उक्त समिति सदस्यहरुमा एनआरएनए एनसीसी सदस्य पदम महत, आरसीसी पूर्वी क्षेत्रका क्षेत्रीय अध्यक्ष विष्णु प्रसाद भण्डारी, सह-कोषध्यक्ष दीपक खांड, सदस्य घनेन्द्र ईजम लिम्बु, पूर्व एनसीसी सदस्य गणेश अर्याल, एनआरएनए साउदी सदस्य पासाङ शेर्पा, तुल्सी नेयोङ, प्रेम भण्डारी, सदस्य सचिव शुक्र मोक्तान, पर्यवेक्षक द्वय श्रीप्रसाद यावा लिम्बु र राजेन्द्र अर्याल रहनु भएको थियो I

 

उल्लेखित समितिका सम्पूर्ण पदाधिकारीहरुलाई अपार सफलता सहित भव्यताका साथ प्रतियोगिता सम्पन्न गर्नुभएकोमा संघले सादर हार्दिक कृतज्ञता व्यक्त गरेको छ। प्रतियोगिता अवधिभर स्वयम् सेवकको भूमिका निर्वाह गर्दै आफ्नो स्वास्थ्यलाई समेत जोखिममा राखी अमूल्य योगदान दिनुहुने संघका पदाधिकारीहरु, विभिन्न फुटबल क्लबका खेलाडीहरु, राजनीतिक तथा सामाजिक संघ संस्थाका पदाधिकारीहरु, एनआरएनए कर्मी र समाजसेवी व्यक्तित्वहरु, प्रतियोगिता समयावधिमा निष्पक्ष एवम् विवाद रहित खेलहरु खेलाउंदै सौहार्दपूर्ण वातावरणमा खेलाडीहरूलाई संयमित तथा अनुशासित भएर खेल खेल्न रेफ्री र सहायक रेफ्री प्रति संघले उच्च सम्मान व्यक्त गरेको छ।

 

नितान्त परोपकारी कार्यार्थ आयोजित उक्त प्रतियोगिताको उद्देश्य अनुरुपको कामकारवाही सफलतापूर्वक सम्पादन गर्न प्रायोजकको रुपमा प्रयोजन गर्नु हुँदै आर्थिक साहयोग गर्नुहुने दानवीर दाता तथा समाजसेवी, सामाजिक अभियन्ता विभिन्न सामाजिक संघ संस्थाहरु, वैचारिक एवम् राजनीतिक दलका प्रवास संगठनहरु, व्यवसायिक संस्थाहरु,, बैंक तथा वित्तीय संस्थाहरु, व्यवसायी तथा बुद्धिजीवी, परोपकारी मनका धनि दानी व्यक्तित्व महानुभावहरु, प्रवासमा कार्यरत श्रमजीवीहरु र प्रत्यक्ष/ अप्रत्यक्ष रुपमा साथ र सहयोग गर्नु हुने सम्पुर्णलाई संघले हार्दिकताका साथ कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा साथ सहयोगको समेत अपेक्षा राखेको छ।

 

प्रतियोगिताको शोभा बढाउन तथा खेलाडीहरुलाई प्रोत्साहन गर्न नेपाली महावाणि दूतावास जेद्धाका लागि कार्यवाहक महावाणि दूत शत्रुध्वन पोख्रेल र नेपाली दूतावास रियादका लागि जनसम्पर्क अधिकारी नारायण पासवानको उपस्थिती रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सेती प्रादेशिक अस्पताल धनगढीमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने
फ्ल्यास हेडिङ

सेती प्रादेशिक अस्पताल धनगढीमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

२०८१ असार ८, शनिबार ०७:४४
इजरायल, इरान वा मध्यपूर्वका अरु देशमा नजान परराष्ट्र मन्त्रालयको अनुरोध
देश/राष्ट्रिय

इजरायल, इरान वा मध्यपूर्वका अरु देशमा नजान परराष्ट्र मन्त्रालयको अनुरोध

२०८१ असार ८, शनिबार ०७:४४
इरान युद्धको तयारीमा : अमेरिकी सैन्य अखडामाथि आक्रमणको चेतावनी
देश/राष्ट्रिय

इरान युद्धको तयारीमा : अमेरिकी सैन्य अखडामाथि आक्रमणको चेतावनी

२०८१ असार ८, शनिबार ०७:४४

Discussion about this post

नयाँ प्रकाशित

ब्रिक्सटन क्रिकेट कप २०२५ सम्पन्न, कञ्चन विद्या मन्दिर च्याम्पियन

ब्रिक्सटन क्रिकेट कप २०२५ सम्पन्न, कञ्चन विद्या मन्दिर च्याम्पियन

२०८१ असार ८, शनिबार ०७:४४
बजेटमा चुकेको सुदूरपश्चिम सरकार

बजेटमा चुकेको सुदूरपश्चिम सरकार

२०८१ असार ८, शनिबार ०७:४४
सेती प्रादेशिक अस्पताल धनगढीमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

सेती प्रादेशिक अस्पताल धनगढीमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

२०८१ असार ८, शनिबार ०७:४४
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले स्कटल्यान्डलाई २ विकेटले हरायो

नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

२०८१ असार ८, शनिबार ०७:४४
इजरायल, इरान वा मध्यपूर्वका अरु देशमा नजान परराष्ट्र मन्त्रालयको अनुरोध

इजरायल, इरान वा मध्यपूर्वका अरु देशमा नजान परराष्ट्र मन्त्रालयको अनुरोध

२०८१ असार ८, शनिबार ०७:४४
गणतन्त्रको चिठी भावी पुस्तालाई !

गणतन्त्रको चिठी भावी पुस्तालाई !

२०८१ असार ८, शनिबार ०७:४४

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व