सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलौरी नगरद्वारा उच्च शिक्षा अध्ययनका लागि १ सय ९८ विद्यार्थीलाई छात्रवृति वितरण

कञ्चनपुर ‍- कञ्चनपुरको एक स्थानीय सरकारले ग्रामीण भेगका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृति वितरण गरेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बेलौरी नगरपालिकाले नगर स्तरीय छात्रवृति कार्यक्रम अन्तरगत दुई क्याम्पसमा अध्ययनरत सहित जिल्ला बाह्य प्राविधिक एव उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृति वितरण गरेको छ । 

बेलौरी नगरपालिका छात्रवृति फोकल प्रशन रोशन चौधरीले चालु आर्थिक बर्ष ०८०/०८१ मा बेलौरी नगरमा घर भई जिल्ला बाह्यका क्याम्पसमा अध्ययनरत एव स्थानीय स्तरमै रहेका क्याम्पसमा अध्ययनरत विद्यार्थीको अध्ययनमा सहजताका लागि छात्रवृति वितरण गरेको बताए । छात्रवृति फोकल प्रशन चौधरीले बेलौरीका स्थानीय दुई क्याम्पस महाकाली र रामपुर बहुमुखी क्याम्पसका विद्यार्थी सहित नगर बाहिर उच्च शिक्षा, प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृति वितरण गरिएको बताए ।

उनका अनुसार रामपुर बहुमुखी क्याम्पसमा अध्ययनरत १४, महाकाली बहुमुखी क्याम्पसमा अध्ययनरत ६५, दलित विद्यार्थी मात्रै ३८ र उच्च शिक्षाका लागि नगर बाहिर रहेका प्राविधिक धार तर्फका ८१ जना विद्यार्थीलाई जनही १० र १५ हजारका दरले २० लाख ५ हजार रुपैयाँ छात्रवृति वितरण गरिएको बताए । जेहेनदार, गरिब, विपन्न, आदिवासी जनजाति, दलित, मुक्त कमैया, हलिया, द्वन्द्वपीडित सहितका विद्यार्थीलाई छात्रवृति वितरण गरिएको छ । ‘प्राविधिक धार तर्फका विद्यार्थीलाई जनही १५ हजार र साधारण तर्फ जनही १० हजारका दरले हामीले छात्रवृति वितरण गरेका छौँ, ‘उनले भने, ‘यस वर्ष १ सय ९८ जना विद्यार्थीलाई वितरण गरेका छौँ ।’ 

बेलौरी नगरका मेयर पोतिलाल चौधरीले स्थानीय विद्यार्थीको उच्च शिक्षा अध्ययनमा सहजताका लागि पालिकाबाट नगद छात्रवृति वितरण गरिएको बताए । मेयर चौधरीले स्थानीय एव बाह्य क्षेत्रमा उच्च शिक्षा र प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीको पढाईमा टेवा पुर्याउने दृश्यले पालिकाले छात्रवृति कार्यक्रम ल्याएको बताए । मेयर चौधरीले अध्ययनका क्रममा आइपर्ने समस्या समाधानका लागि पालिका सरकारले अभिभाकत्व बहन गरेको बताए ।पालिकाबाट  छात्रवृति पाएपछि विद्यार्थी समेत हर्षित भएका छन । अध्ययनका सिलसिलामा शैक्षिक सामाग्री खरिद गर्नकै लागि भएपनि छात्रवृत्तिले सहजता भएको विद्यार्थीको भनाई छ । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.