सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्तलाई वाणिज्य संघको अनुरोध : ‘व्यवसायी माथि अन्याय नगरिदिनुहोस्’ 

कञ्चनपुर – कञ्चनपुरको उद्योग वाणिज्य संघले भीमदत्त स्थानीय सरकारसँग अतिक्रमण हटाउने नाममा व्यवसायी माथि अन्याय नगरिदिन अनुरोध गरेको छ ।

भीमदत्त नगरपालिकाले महेन्द्रनगरका सानादेखि ठूला व्यवसायी माथि धरकपट अन्याय गरिरहेको भन्दै कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीले जनप्रतिनिधिसँग भेटेरै अनुरोध गरेका छन् ।

बुधबार वाणिज्य संघका पदाधिकारीले भीमदत्त नगरले नाटकीय शैलीमा व्यवसायीको पिरमर्का लत्याउँदै कहिले चाबी बुझ्ने कहिले भत्काउने काम गर्न नहुने तर्क राखेका हुन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले भीमदत्त नगरपालिकाबाट व्यवसायी माथि अति नै अन्याय हुन थालेपछि उपप्रमुख निलम लेखक सहितका जनप्रतिनिधि भेटेरै अन्याय नगर्न आग्रह गरेको बताए ।

Mahakali Polytechnic

स्थानीय सरकारले उद्योगी व्यवसायीको प्रर्वद्धनको साटो उठिबास गर्ने, होच्याउने, जिस्क्याउने काम गर्ने गति बिधीले व्यवसायी मारमा परेको बताए ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.